राखेपको कार्यवाहक सदस्य सचिवमा सुर्खेतका ढकाल नियुक्त

कर्णालीपत्र संवाददाता २२ असार २०७७, सोमबार १८:२४


सुर्खेत, २२ असार । राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यवाहक सदस्य सचिवमा सुर्खेतका भक्तबहादुर ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विभाग महाशाखा प्रमुख ढकाललार्इ सोमबार कार्यवाहक सदस्य सचिवको जिम्मेवारी दिएको हो ।

असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन अनुसार अर्को व्यवस्था नभएसम्म तत्कालका लाागि राष्ट्रिय खेलकुद परिषद्को सदय सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

पाँच दिन अघि नयाँ खेलकुद विकास ऐन लागू भएसँगै राखेपको सदस्य सचिव पद खाली रहेको थियो । नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ ।

मन्त्रीपरिषद्ले उपयुक्त ठानेको ब्यक्तिलाई चार वर्षकालागि सदस्य सचिवमा नियुक्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सञ्जिव पराजुलीको ‘मन’ सार्वजनिक (भिडियोसहित)

२२ असार २०७७, सोमबार १८:२४
काठमाडौं, २२ असार । ‘नाई मलाई थाहा छैन’, ‘कर्के नजर’ लगायत चर्चित गीतका गायक सञ्जिव पराजुलीको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘मन’ बोलको गीतमा हरि लम्सालको संगीत तथा प्रलाद शाहको शब्द रहेको छ । आफूलाई मन परेको व्यक्ति नै सर्वप्रिय व्यक्ति हुन्छ भन्ने भावनालाई गीतमा […]

सम्बन्धित शीर्षक