पहिरामा पुरिएर एक महिलाको मृत्यु

कर्णालीपत्र संवाददाता २१ असार २०७७, आईतवार ११:१३


कालिकोट, २१ असार । जिल्लाको नरहरीनाथ गाउँपालिका– ७ माल्कोटको दुदुल्लीमा पहिरा जाँदा एक जना महिलाको ज्यान गएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीय ३५ बर्षिया तुला बटालाको ज्यान गएको हो ।

भैसी गोठाला गएको बटाला पहिरामा पुरिएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रमूख डिएसपी श्यामबाबु ओलीयाले बताए । ‘भैसी गोठबाट पानी लिन जाँदा बीचबाटोमा पहिरो खसेर पहिराले महिलालाई बगाएको हो ।’ उनले भने,‘घटना स्थलमै मृत्यू भएको र प्रहरी चौकी कुमालगाँउबाट घटनास्थलमा प्रहरीको टोली पठाएर मृतक बटालाको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ ।’

यस्तै, शनिबार आएको पहिराले नरहरीनाथ गाउँपालिका–७ को वडा कार्यालयमा पनि क्षति पुगेको छ । प्रहरी प्रमूख ओलीयाका अनुसार माल्कोटको गाँउमा रहेको ६ कोठे वडा कार्यालयको भवन पहिरोले पुरिएको छ । भाडामा रहेको वडा कार्यालय पहिरोले पुरिएपछि वडा कार्यालयमा भएका जिन्सी सामानहरु पनि पुरिएको जनाईएको छ।

Leave a Reply

Your email address will not be published.

Next Post

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

२१ असार २०७७, आईतवार ११:१३
काठमाडौँ, असार २१ । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल […]

सम्बन्धित शीर्षक