Trending

खेलाडीलाई राहत सामाग्री हस्तान्तरण

सुर्खेत: काेराेना भाइरस संक्रमणका कारण समस्यामा परेका सुर्खेतका खेलाडीलाई खाधान्न सहयाेग गरिएकाेे छ।  नेपाल तेक्वान्दो संघ कर्णाली प्रदेशका अध्यक्ष लक्ष्मण  कंडेलले सुर्खेतकाे छिन्चु, मेहलकुना र रामघाट पुगेर   समस्यामा परेका  १७ जना खेलाडीलाई प्रतिव्यक्ति २५ केजी चामल ५ किलो दाल २ लिटर तेल र १ केजी नुन सहयोग स्वरुप प्रदान गरेका हुन।

अध्यक्ष कंडेलले काेराेना भाइरस संक्रमणका धेरैले राेजगारी गुमाएकाे र यसकाे  प्रत्यक्ष असर खेलकुदमा पनि परेकाे र अाफ्नाे तर्फबाट गरिएकाे सानाे सहयाेगले थाेरै समयकाे लागि भएपनि खेलाडीलाई राहत हुने बताए।

 

 


error: Content is protected !!