युवाका लागि कोरोनाले सिर्जना गरेका अवसर

कर्णालीपत्र संवाददाता १२ असार २०७७, शुक्रबार १६:५०


रामचन्द्र उप्रेती
कोभिड–१९ को कहर जारी छ । यसको प्रभाव कहिलेसम्म रहन्छ र कति गहिरो हुन्छ भन्ने कुराको एकिन गर्न मुस्किल भएको छ । तिन महिना पहिले सरकार, हामी आम नागरिक कोभिडको प्रभाव र सकसका बारेमा जसरी सोचिरहेका थियौं, त्यो क्रमशः परिवर्तन हँुदै गएको छ । पहिला हप्ता पन्ध्रको लकडाउन सोचियो । हुँदै जाँदा यो तिन महिना बढी तन्किसक्यो । पहिला घरमै बसेर जितिन्छ भन्ने लाग्थ्यो । अहिले घरमा बसेर मात्रै अब जीवन चल्दैन भन्ने निस्कर्ष निकालिएको छ । शुरु–शुरुमा थोरै प्रभावित थिए, थियौं तर, डर धेरै लाग्थ्यो । अहिले प्रभावित धेरै हुँदै गएका छौं । तर, डर हटदै गएको छ । कोरोना सामान्य लाग्न थालेको छ ।

कोरोना कहरको सबैभन्दा बढी प्रभाव मानिसको आर्थिक क्षेत्रमा परेको छ । त्यसपछि सामाजिक र सांस्कृतिक पक्षमा । न्यून आए भएका मानिसलाई दैनिक खान र जीवन चलाउन कै समस्या भएको छ । मध्यम र ठुला व्यवसायीलाई व्यवसायको क्षति कसरी कम गर्ने, व्यवसायलाई कसरी जोगाउने र शुरु गर्ने भन्ने चिन्ता छ । यो कहरमा सामान्य मानिसको दैनिक आम्दानी घटेर जीवन चलाउन धौं–धांै पर्नेछ भने मध्यम र ठुला व्यवसायीको व्यवसाय धान्न धौ–धौ पर्नेछ । व्यवसाय संकटमा परेसँगै त्यहाँ आश्रित दैनिक आम्दानी गर्ने श्रमिक अरु जोखिममा परेका छन् । यसरी देश भित्र नै धेरैले रोजगारी गुमाउने र संकटमा जीवन धकेलिनेको संख्या बढने पक्का छ ।

कोभिडको कहर विश्वव्यापी भएको र श्रम बेच्न विदेश जाने नेपालीको अवस्था पनि राम्रो छैन । थोरै भाग्यमानीले मात्रै रोजगारी जोगाउलान् । तर, धेरैले पुरै वा आंशिक रोजगारी गुमाउने छन् । आंशिक रोजगारी गुमाएका जसोतसो अड्किए पनि तिनले परिवारलाई पठाउने रेमिट्यान्स घटने छ । पुरै रोजगारी गुमाएका केही आफ्नै श्रोत र क्षमतामा देश फर्केलान् केहीलाई सरकारले नै उद्दार गर्नुपर्ने अवस्था छ ।
अप्ठ्यारोमा परेका सबैले सरकारसँग आशा गर्नु स्वभाविक हो । तर, आपैmँ संकटमा धकेलिएको सरकारले धेरै केही गरेदेला भन्ने अवस्था छैन् । त्यसैले अब के गर्ने भनेर सबैले सोच्ने र तदनुरुप कार्य गर्ने आवस्यकता छ ।

हामी सबैले गर्नै पर्ने काम :

0  हाम्रो व्यक्तिगत जीवनमा, परिवारमा र व्यवसायमा सामान्य अवस्थामा कति खर्च गरिरहेका छौं र त्यसमा के–केमा कति कटौती गर्न सकिन्छ । त्यो थाहा पाउनु पर्छ र कटौती गर्न शुरु गर्नुपर्छ ।
0 ‘वेस्टेज’ कम गर्ने, सामानको पुन प्रयोग गर्ने, आवश्यकताको सिमाभन्दा कम सामान खपत गर्ने । जस्तैै, भान्सामा प्रयोग हुने खाद्यान्न, तरकारी, मसला, इन्धन, पानी आदीको प्रयोगमा सचेतना मात्रै अपनाउँदा पनि खर्च कम गर्न सकिन्छ । आपूmले प्रयोग गर्ने कपडा, जुत्ता, घरायसी समान आदीको अधिकतम् प्रयोग र संरक्षण गर्दा पनि खर्च बचाउन सकिन्छ ।
0 भान्सा कोठा (किचन), शौचालय, बाथरुम, घर, आँगन, करेसा र छेउछाउको सरसफाईमा राम्ररी सबैले ध्यान पु¥याउने हो भने परिवारको, व्यवसायको इज्जत बढने मात्रै होइन औषधिमा हुने खर्च कम गरे हुन्छ ।
परिवारले आहार, व्ययाम, मनोरञ्जन र उचित आराममा ध्यान दिन सके स्वास्थ राम्रो हुन्छ । सन्तुलित, ताजा एवं स्वास्थकर खाना खाने गरे र तयारी खाजा, खाना (बिस्कुट, चाउचाउ, चिप्स, चिसो पेय, अधिक चिया, भोजन आदि) बहिस्कार गर्दा स्वास्थ राम्रो मात्रै होइन उपचारमा हुने खर्च घट्न जान्छ ।
0 हामी सबै उपभोक्ता त हौं नै अरुले उत्पादन गरेको समान किन्न र प्रयोग गर्नमा हाम्रो कमाई खर्च भईरहेको हुन्छ । के हामी आपूmले दैनिक प्रयोग गर्ने कतिपय समान आपैmँ उत्पादन गर्न सक्छौं ? उत्पादन नै गर्न थाले पछि अलि बढी उत्पादन गरेर अरुलाई पनि बेच्न सक्छौं ? यो अतिरिक्त आम्दानिको बाटो हुन्छ । जस्तै बजारमा बसेको एकजना ड्राइभर भाइले सब्जि पसलबाट सब्जिसँगै तरकारीका बेर्ना ल्याएर छेउको बाँझो जग्गामा अलिकति खनखान गरेर रोपे । पानी, मल हाले । घरमा भएकाले पनि सघाए । विरुवाको सुरक्षा गरे । अहिले आपूmले खाएर उब्रिएको छिमेकीले किन्न मागेँ र बेच्न थाल्यौं । यसले हाम्रो जाँगर बढ्यो भन्ने अनुभव सुनाएका थिए । हेर्दा सुन्दा सानो लाग्ने यो कुरा संकटको समयमा खर्च घटाउन र अतिरिक्त आम्दानीको बाटो पहिल्याउन निकै सहायक हुन्छ । करेसाबारी, कौशिखेती गरेर ताजा, स्वच्छ तरकारी फलाउन सिकिने, सकिने हुन्छ । खर्च घटाउन र अलि धेरै उत्पादन गर्दा आम्दानि बढाउन सकिन्छ ।
0 संकटको समयमा सकेसम्म उधारो लिनेदिने काम नगर्ने । यसले खर्चलाई नियन्त्रण गर्न सघाउछ र ऋण तथा उधारो लगानीको बोझ कम गर्छ ।
0 धेरै युवालाई लाग्न सक्छ नेपालमा रोजगारीको अवसर एकदमै कम छ त्यसैले यहाँ बेरोजगार भइन्छ । विदेशै जानु पर्छ । यो सरासर गलत हो । नेपालमा धेरै कामका अवसर छन् र त्यहाँ विदेशी (विशेष गरि भारतीय)ले काम गरिरहेका छन् । नमिलेको के हो ? भने कामका लागि चाहिने सीप, दक्षता र आचरणको अभावमा हामी यो रोजगारी गुमाई रहेका छौं । यो स्विकार्ने हो भने हामीले तदनुरुपको सीप, दक्षता र आचरण विकास गर्न सक्दा यहाँ धेरै नै रोजगारीका अवसर छन् । नेपालमा खुल्ने प्रायः सबै ठुलासाना उद्योगमा कामदार भारतीय हुन्छन् । यो रोजगारदाताको बाध्यता हो । अहिले धेरै उद्योगहरु भारतीय मजदुर आउन नसकेका कारण बन्दछन् । यो संकटले सिर्जना गरेको अवसरका लागि युवाहरु तयार हुन जरुरी छ ।
0 स्वतन्त्र साना व्यवसायमा पनि धेरै नै अवसर छ । यसमा पनि पहुँच बढाउन, सीप सिक्न, क्षमता विकास गर्न र तदनुरुप आचरण बनाउन आवश्यक छ । सबैखाले श्रमबाट पूर्ण बन्चित गराइएका, भएका युवा पुस्ताले औपचारिक पढाई लेखाईको क्रममा आफ्ना अभिभावक, स्कुल कलेजका शिक्षक र सहपाठीसँग मात्रै सघन संगत गरेका छन् । शुरुमा प्रमाणपत्रको दम्ब हुन्छ यो स्वाभाविकै पनि हो । तर, व्यवसायमा चाहिने सीप, क्षमता, संगत, शैली र आचरणको नितान्त अभाव हुन्छ यस्ता युवाहरुमा । यसका लागि तयार गरेर स्वतन्त्र व्यवसायमा आउने अवसर छ युवाहरुलाई । नेपाली युवाले खासै ध्यान नदिएको यहाँको स्वतन्त्र, साना तर राम्रो आय हुने व्यवसायमा भारतीयको निकै बाक्लो उपस्थिति छ ।

0 अभिभावकहरु आफ्ना पढेलेखेका छोराछोरीले सानो लाग्ने स्वतन्त्र व्यवसाय र शारिरीक श्रमको काम नगरे हुन्थ्यो भन्ने ठान्छन् । यो सोच अभिभावकले बदल्नु पर्छ । हातमा स्कुल कलेजले दिएको प्रमाणपत्र बोकेर जागिर खोज्न निस्किएका युवा वास्तवमा कुनै पनि व्यवसाय वा पेशाका लागि चाहिने कुनै सीप, आचरण, योग्यता, क्षमता नभएको केही नजान्ने पुस्ता हो । यो तितो सत्य भनिरहदा म ती कर्मशील युवा जसले आफ्नै पौरखले स्वरोजगार बन्न सफल भए, क्षमताले रोजगारीमा लागे र निरन्तरता दिन सफल भए वा अग्रज अभिभावकको व्यवसाय सम्हाले म तिन प्रति उच्च सम्मान व्यक्त गर्दछु । शुरुमा स्कुल कलेजको प्रमाणपत्र पाउनुलाई नै सफलताको उत्कर्ष मान्ने नयाँ पुस्ता आपूmले प्राप्त गरेको प्रमाणपत्रमा घमण्ड गर्छन् । यो स्वाभाविक पनि हो । किनकि त्यो समयसम्म यो प्रमाणपत्र मात्रै जीवन चलाउन प्रयाप्त छैन भन्ने थाहा पाएका हुदैँनन् । समयले मात्रै यिनीहरुलाई सिकाउछ । त्यो बेलासम्ममा धेरै कुरा गुमीसकेको हुन्छ । कोभिडको कहरले यो पुस्ताले आपूmलाई पेशा र व्यवसायका लागि तयार हुने अवसर दिएको छ । यदि तयार हुने हो भने काम खोज्न खाडि मुलुक वा मलेसिया नै जानु पर्दैन ।
0 हाम्रो समाजमा जीवन चलाउन चाहिने शिप सिक्ने युवाभन्दा गेटपासको काम गर्ने प्रमाणपत्र किन्ने युवा धेरै छन् । मैले गर्ने व्यवसायमा काम गरेको अनुभवको सिफारिस लिन आउने धेरै हुन्छन् । म दिन्न भन्छु । रिसाउछन् । तर अरुले सजिलै दिन्छन् । यो सजिलो बाटो हिँडेर युवा काहीँ पुग्दैनन् । सीप सिक्ने, मेहनत गर्ने, श्रम गर्ने र आचरण बनाउने कठिन बाटो हिँड्न आँट गर्नेले नेपालमा बेरोजगार हुनै पर्दैैन । यो अवसर युवालाई छ ।
0 यो समयमा सबैभन्दा धेरै संम्भावना भएको क्षेत्र कृषि हुन पुगेको छ । चाडै प्रतिफल दिने, जति लगानीमा पनि शुरु गर्न सकिने, अलिकति शिप सिक्दा हुने, आफ्नो ठाउँ, मौसम र बजार अनुकुलको बाली रोजेर उत्पादन गर्न सकिने, अरु औद्योगिक उत्पादनको जस्तो बजार खोज्न धेरै टाढा जानु नपर्ने, परम्परागत सीप समेत काम लाग्ने आदि कारणले कृषिमा ठुलो संम्भावना छ । उत्पादित बस्तुलाई बजार र उपभोक्तासम्म पु¥याउदा पनि धेरैले रोजगारी पाउन सक्छन् । कृषि उपजमा आधारित साना उद्योग तथा व्यवसाय सञ्चालन गर्न सकिन्छ । विदेशबाट बर्षेनि अरवौंको खाद्यान्न, तरकारी, फलपूmल, माछामासु, मसलाजन्य बस्तु आदि आयात गरेर बजारको मागलाई धान्नु परेको छ । स्थानीय पालिका, सहकारी, बैंक आदिले सानो सहयोग गर्दा धेरैले यहाँ रोजगारी पाउने अवस्था छ । युवा श्रम गर्न, सिक्न तयार हुनुप¥यो । काम गर्न लाज मान्नु भएन । काम गर्नेलाई खिसि गर्ने, होच्याउने होइन काम नगर्नेलाई कसरी खान्छौं त काम नगरी भनेर सोध्ने र ¥याख¥याख्ती पारौं । काम नगरि खाने त कि भ्रष्टचारी, कमिशन खोरी, मुलुकमारा हुन् कि ठग्ने, ढाँटने, चोर्ने गर्छन् । बाबुआमाको सम्पति बसिबसी खानेहरु लाछी, हुतिहारा, अल्छे, गफाडी हुन् । तिनलाई पनि किन केही काम गर्नुहुन्न भनेर ¥याख¥याख्ती पारौं । यसरी काम गर्ने र काम गर्ने मानिस सम्मानित हुने अवसर छ । युवाले यो अवसरमा आपूmलाई फिट गराउनु पर्छ । अवसरको उपयोग गर्नुपर्छ । अब करले, वाध्यताले कसैले विदेश जानु पर्दैन । तर, काम गर्नुपर्छ, श्रम गर्नुपर्छ, कामका लागि चाहिने आचरण र शिप सिक्नुृपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चौकुने गाउँपालिकाको नीति–कार्यक्रमः टोल–टोलमा लाफिङ क्लव, घर–घरमा चुट्किला

१२ असार २०७७, शुक्रबार १६:५०
सुर्खेत, १२ असार । चौकुने गाउँपालिकाले टोल–टोलमा लाफिङ क्लव र घर–घरमा हाँस्य चुट्किला पुस्तक वितरण गर्ने भएको छ । ‘हाँसौ, हसाऔँ र स्वस्थ बनौं’ नारालाई सार्थक बनाउन टोल–टोलमा ‘लाफिङ्ग क्लव’ स्थापना गर्ने र ‘चौकुने हाँस्य चुट्किला’ नामक पुस्तक प्रकाशन गरि घर–घरमा वितरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले […]

सम्बन्धित शीर्षक