Trending

सन्दीपले आफ्नो पारिश्रमिक १ करोडभन्दा बढी तोके


सुर्खेत, १० असार । सिजनको क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’को टिम छनोटका लागि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पनि आफ्नो नाम दर्ता गराएका छन् । जसमा सन्दीपले आफ्नो मूल्य ९० हजार अमेरिकी डलर अर्थात् नेपाली १ करोडभन्दा माथि तोकेका छन् ।

आज बुधबार ड्राफ्ट गरिने खेलाडी छनोटमा २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका छन्, जसमा सन्दीप सबैभन्दा महँगो खेलाडीको नम्बर चारमा परेका छन् ।

सबैभन्दा महँगो मूल्य राख्नेमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी छन् । उनले १ लाख ६० हजार अमेरिकी डलर मूल्य राखेका छन् । सन्दीप गत वर्षको सीपीएलमा बार्बाडसबाट खेलेका थिए । यस वर्षको लागि बार्बाडसले ५ खेलाडी आवद्ध गर्न पाउनेछ ।


error: Content is protected !!