Trending

विश्वविद्यालयले भर्चुअलमार्फत मनायो बार्षिकोत्सव


सुर्खेत, ३ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको १० औं बार्षिकोत्सव अनलाइन जुम र फेसबुक लाईभमार्फत कार्यक्रम गरेर मनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालय स्थापनाका अवसरमा मिति २०७७ असार ३ गते अनलाईनको माध्यमबाट बार्षिकोत्सव सम्पन्न गरेको छ ।
बार्षिकोत्सवको अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा जुममा २५० बढीको प्रत्यक्ष सहभागिता र फेसबुकमार्फत गरिएको लाईभ करीब ६ हजार बढीले हेरेको विश्वविद्यालयका उप–प्राध्यापक तथा सुचना प्रविधि विज्ञ पन्चदेव भट्टले जानकारी दिए ।
बार्षिकोत्सवका अवसरमा उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले विश्वविद्यालयको स्थापना दिनको अवसरमा शुभकामना मन्तब्य राख्दै विश्वविद्यालयको आगामी दिन अझै प्रभावकारी ढंगले अगाडी बढ्ने बताए । ‘मध्यपश्चिम विश्वविद्यालय एउटा सघर्षका बीचमा जन्मिएको छ ।’ उनले भने,‘हामीले यहीको बिषेशता अनुसार नयाँ नयाँ प्रबिधि र शिक्षा प्रणालीको विकास गर्नेछौं ।’
बार्षिकोत्सवका अवसरमा विश्वविद्यालयका रजिष्ट्रार यमबहादुर कार्कीले विश्वविद्यालयलाई अझैँ गुणस्तरीय शिक्षाका अब्बल बनाउन सबैको सहयोग रहेको बताए ।
कोरोना भाइरस(कोभिड–१९) का कारणले सिर्जित लकडाउनको कारणले गर्दा विगतका दिनहरुमा जस्तो भौतिक उपस्थितीसहितको कार्यक्रम संचालन गर्न नसकिने अवस्था भएको हुँदा अनलाइन जुम र फेसबुक लाईभमार्फत कार्यक्रम सम्पन्न गरिएको विश्वविद्यालयले जनाएको छ ।
प्रबिधिको बिधिबाट गरिएको कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।


error: Content is protected !!