सिद्धबाबा भीरमा गाडी खस्दा ६ जना घाइते

कर्णालीपत्र संवाददाता २ असार २०७७, मंगलवार १७:२६

बुटवल, २ असार । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा मन्दीर नजिकै जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
प्रदेश ३०१ च ४५२२ नम्बरको जिप तिनाउ नदीमा खसेको हो ।

दुर्घटनामा परी घाईते हुनेमा दया पाण्डे, बालकृष्ण बस्याल, शिव पाण्डे, नन्दु बस्याल, कृष्ण बस्याल र बिनोद बस्याल हुन । घाईते ६ जना मध्ये २ जनाको अबस्था गम्भीर रहेको पर्देश नं ५ ट्राफिक प्रहरी कार्यलय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । घाईतेहरु सबै तिनाउ गाउँपालिकाका टिप्पर ब्यवसायी रहेको बताएको छ ।

घाईतेहरु सवैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुशान्तकी भाउजुको पनि मृत्यु, शोकले खानै छाडेकी थिइन्

२ असार २०७७, मंगलवार १७:२६
एजेन्सी । टेलिभिजन हुँदै बलिउडमा आफ्नो करियर बनाएका सुशान्त सिंह राजपूतले १४ जुनमा आत्महत्या गरे । शोकमा रहेको परिवारमा शोक थपिएको छ । उनकी भाउजुले पनि सोमबार बिहारको बिहारमा प्राण त्यागेकी छिन् । टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार सुशान्तको मृत्युको खबरले स्तब्ध भएपछि उनकी भाउजु सुधादेवीले खाना खानै छाडेकी थिइन् […]