अँधेरी गुफा जाने सडक निर्माण कार्य शुरु

कर्णालीपत्र संवाददाता १ असार २०७७, सोमबार १४:५३


सुर्खेत, १ असार । वीरेन्द्रनगर–९ सुर्खेतको प्रमुख पर्यटकिय क्षेत्र अधेँरी गुफासम्म जानका सडक निर्माण गर्न थालिएको छ । वीरेन्द्रनगर नगरपालिका– ९ वडा कार्यालयले केही बर्ष अगाडी फेला परेको अँधेरी गुफासम्म पुग्नकोलागि प्रधानमन्न्री रोजगार कार्यक्रममार्फत सडक निर्माणको काम शुभारम्भ गरिएको हो ।

सडक निर्माणको काम शुभारम्भ गर्दै वडाका अध्यक्ष सुरेश मान्नधरले हाम्रो वडामा केही बर्ष अगाडी फेला परेको अँधेरी गुफामा जान पर्यटकहरुको सहज पहुँच नभएका पर्यटकीय क्षेत्रको प्रचार हुन नसकेको बताए । ‘गुफाको पर्यटन प्रवर्धन गर्नका लागि यो सडकको निर्माण गरिएको हो ।’ उनले भने,‘पर्यटन प्रर्वद्धन गर्नका लागि हामी केही समय अगाडी काँक्रविहारदेखि अँधेरी गुफासम्म दौड प्रतियोगिता भएको थियो ।’

कार्यक्रममा नौलो सुधारवाद सामुदायिक वनका किसनबहादुर शाही, वडासदस्य पुरनबहादुर शाही तथा वडासदस्य टिक विक समाजसेवीले पर्यटन प्रवर्धनकालागि सबैजनाले एकजुट भएर काम गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

१ असार २०७७, सोमबार १४:५३
सुर्खेत, १ असार । कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । आज (सोमबार) कर्णालीमा थप ११० जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १०७ र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको गरिएको परक्षिणमा ३ जना कोरोना संक्रमित फेला परेका हुन् । कर्णाली […]

सम्बन्धित शीर्षक