कर्णाली प्रदेश सरकारले बजेट ल्याउँदै

कर्णालीपत्र संवाददाता १ असार २०७७, सोमबार ११:०६


सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका २०७७/०७८ का लागि बजेट आज प्रदेशसभामा पेश गर्ने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले बजेट पेश गर्न अनुमति दिएको छ ।

आ.व. ०७७/७८ को लागि विनियोजन विधेयक, अर्थ विधेयक र बजेट वक्तव्य प्रदेश सभामा प्रस्तुत गर्न माननीय आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उक्त विधेयक तथा वजेट वक्तव्य आज दिउसो ११ वजे बस्ने प्रदेश सभाको वैठकमा प्रस्तुत गर्नेछन् ।

आगामी आर्थिक ३३ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । चालू आर्थिक वर्षका लागि ३४ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले आगामी वर्षका लागि केही घटाउने भएको हो ।

चालू आर्थिक वर्ष प्रदेश सरकारले समग्र बजेटको १८ दशमलव ८ प्रतिशत मात्र खर्च गरेको छ । कोरोना, कर्मचारी अभाव र अन्य विभिन्न कारणले खर्च गर्न नसकेको सरकारले आगामी बजेटलाई खर्च गर्न सकिने गरी ल्याउन लागेको कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।

संघीय सरकारले आगामी आवलाई कुल १४ अर्ब ८३ करोड ६५ लाख रुपैयाँ छुट्याएको छ । चालू आवमा यस्तो अनुदान १५ अर्ब १२ करोड १० लाख रुपैयाँ छ । यस अतिरिक्त आगामी आर्थिक वर्षका लागि कर्णाली सरकारले ३० करोड आन्तरिक राजस्व संकलन गर्ने अनुमान गरेको छ । ४६ करोड विशेष अनुदान, २५ करोड २५ लाख समपूरक अनुदान र ४ अर्ब ५० करोड ससर्त अनुदान पाउने गरी बजेट सिलिङ प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना जाँचमा पहिलो काठमाडौँ, दोस्रो जुम्ला

१ असार २०७७, सोमबार ११:०६
जुम्ला, १ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत वैशाख २२ गतेदेखि कोरोना पिसिआर […]