कर्णालीमा थपिए २० नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या ६७१ पुग्यो

कर्णालीपत्र संवाददाता २७ जेष्ठ २०७७, मंगलवार १४:१६


सुर्खेत, २७ जेठ । कर्णालीमा कोरोना संक्रमणका २० जना थपिएका छन् । प्रदेश अस्पताल/ पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना २० जना संक्रमित फेला परेका हुन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत १६ जनामध्ये सल्यानका १२ जना सुर्खेतका ४ जना, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला जुम्लाका २ जना जुम्ला, राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षण सुर्खेत र सल्यानका एक एक जनामा कोरोना संक्रमण फेला परेका हुन् ।

कर्णालीका यो सँगै ६७१ कोरोना संक्रमित पुगेका छन् ।

६७१ संक्रमितमध्ये दैलेखमा ३६१, सुर्खेतमा ९७, सल्यानमा १३७, जुम्लामा २४ कालिकोटमा २८, मुगुमा २, डोल्पा १ हुम्लामा १ र जाजरकोटमा ५ जना कोरोना संक्रमित रहेका छन् ।
कर्णाली प्रदेशमा बाहिरी जिल्लाका बाजुरा १, अछाम १०, बझाङ १ जना, हुम्ला १, जाजरकोट १, रामेछाप १ र गोरखा १, रहेका छन् ।
कर्णालीमा कोरोना संक्रमित ११ जना कोरोना जितेर घर गएका छन् ।
कोरोनाका कारणले कर्णालीमा तीन जना मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत उद्योग बाणिज्य संघद्वारा आन्दोलनको घोषणा

२७ जेष्ठ २०७७, मंगलवार १४:१६
सुर्खेत, २७ । सुर्खेत उद्योग बाणिज्य संघले बैंक ब्याज, घरभाडा र विभिन्न महशुलहरु छुट मिनाहाको माग गर्दै आन्दोलन गर्ने भएको छ । सुर्खेत उद्योग वाणिज्य संघको आह्वानमा सुर्खेतका व्यवसायीहरुले भोलि बुधबार विहान मौन जुलुश प्रदर्शन गर्न लागिएको हो । संघका अनुसार बुधबार विहान ७ बजे मंगलगढी चोकबाट शान्तिपूर्ण रुपमा विरोध […]