काेराेना संक्रमणबाट डाेल्पामा एक जनाकाे मृत्यु पुष्टि

कर्णालीपत्र संवाददाता २४ जेष्ठ २०७७, शनिबार १४:०२

काठमााडौँ – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । डोल्पामा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

उनी १२ जनाको समूहमा यहि जेठ १८ गते सुर्खेतबाट डोल्पा पुगेका थिए । होम क्वारेन्टिमा रहेका उनको जेठ २० गते मृत्यु भएको थियो । त्यसको दुई दिनपछि स्वाब संकलन गरिएको थियो ।

अहिलेसम्म कोभिड १९ बाट मृत्यु भएका १२ जना मध्ये १० जनामा कोरोना भाइरसको संक्रमण मृत्यु पछि मात्रै पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्यानडाका प्रधानमन्त्री ट्रूडो आन्दोलनमा सहभागी भए, घुँडा टेकेर रंगभेदविरुद्ध ऐक्यवद्धता जनाए

२४ जेष्ठ २०७७, शनिबार १४:०२
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले रंगभेद विरुद्धको आन्दोलनमा सहभागी भएर ऐक्यवद्धता जनाएका छन् । ओट्टावामा भएको प्रदर्शनमा प्रधानमन्त्री ट्रूडो सहभागी भएका हुन् । उनले ऐक्यवद्धता जनाउँदै केही बेर घुँडा टेकेका हुन् । उनले शुक्रबार प्रदर्शनमा सहभागी हुने नहुने बारे सोधिएको प्रश्नमा केही जवाफ दिएका थिएनन् । उनी अप्रत्यासित रुपमा उनी ‘नो […]