भारतस्थित नेपाली दूतावासले भन्यो: नेपाल जाने भए यी २० प्रवेशविन्दु जानुस

कर्णालीपत्र संवाददाता २२ जेष्ठ २०७७, बिहीबार ०६:०६

काठमाडौं- भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली स्वदेश फर्कन चाहे सहजीकरण गर्ने जनाएको छ।

सरकारले विदेशमा अलपत्र नागरिक फर्काउने निर्णय गरेअनुसार कोही अप्ठेरोमा परेको भए स्थलमार्गबाट नेपाल जान सकिने दूतावासले जनाएको छ। भारतसँगको सिमानामा तोकिएका २० प्रवेश विन्दुमा प्रवेश गरी क्वारेन्टाइनमा बसेर सम्बन्धित ठाउँमा जान सकिने दूतावासको भनाइ छ।

यसरी प्रवेश गर्दा कुनै समस्या परे आफूलाई सम्पर्क गर्न दूतावासले सम्पर्क नम्बर उपलब्ध गराएको छ।

यी हुन् २० प्रवेश विन्दु:

पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ) कुनौली(सप्तरी) माडर(सिराहा)  भिट्टामोड(महोत्तरी) मलंगवा (सर्लाही) गौर (रौतहट) विरगन्ज (पर्सा) महेशपुर(नवलपरासी पश्चिम) बेलहिया (रुपन्देही) तौलिहवा (कपिलबस्तु) कृष्णनगर (कपिलबस्तु) जमुनाह (बाँके) सुरजपुर, गुलरिया (बर्दिया) गौरिफन्टा(कैलाली)  गड्डाचौकी (कन्चनपुर) झुलाघाट (बैतडी) दार्चुला (दार्चुला)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

६ वर्षिया बालिकाले जितिन काेराेना

२२ जेष्ठ २०७७, बिहीबार ०६:०६
काठमाडाैँ, २२ जेठ।  महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन्। श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन […]