१३ जना कोरोना संक्रमितले खुला चौरमा रात काटे

कर्णालीपत्र संवाददाता १९ जेष्ठ २०७७, सोमबार १२:२१


इन्द्र बुढाथोकी
सल्यान १९ जेठ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित खुला चौरमा रात बिताएका छन् । नगरपालिका भित्रका २५ जना संक्रमितमध्ये १३ जनाले खुल्ला चौरमा त्रिपाल टागेर रात बिताएका हुन् ।
२५ जनामध्ये १२ सल्यानलाई अस्पताल लगिए र बाँकी रहेका १३ जनालाई सुर्खेत अस्पतालमा लैजान नसेका कारणले १३ जनाले रातभर खुला चौरमा बसेका बास बस्न पुगेका हुन् । ‘रातभर पानी परेका थियो । चिसो निदाउनै दिएन् ।’ उनीहरुमध्ये एक जनाले भने,‘हामी वनगाड क्याम्पसको चौरमा रातभर बसेका छौं ।’
भारतबाट आएका ३ सय ९३ जनामध्ये ९० जनाको रिपोर्ट आएको र त्यस मध्य २५ जना संक्रमित भेटिएका थिए ।
जिल्लामा जेठ १७ गते भेटिएका कोरोना भाइरस संक्रमितलाई रुकुम पश्चिमको चौरजहारी कोरोना विषेश अस्पतालले लिन नमानेपछि अहिले नगरपालिकाकै एक विद्यालय भवनमा राखिएको हो ।
चौरजहारी अस्पतालले लिन नमानेपछि सुर्खेत पठाउने तयारी गरिएका बनगाडका १३ जनालाई अहिले ६ नम्बर वडाको बनगाड क्याम्पसमा सुनौलीमा छुट्टै राखिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताए ।
जिल्लामा आवश्यक आइसोलेशनको अभावमा बाँकी संक्रमित १३ जनालाई चौरजहारी कोरोना विषेश अस्पतालले राख्न नमानेपछि सुर्खेत पठाउने तयारी भइ रहेको नगरपालिकाले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले सुरुमै ५० लाख बजेट दिएर सल्यान, जाजरकोट र रुकुम पश्चिमका कोरोना संक्रमित राख्नको लागि चौरजहारी कोरोना विषेश अस्पताल बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतबाट आउने नागरिकलाई सुर्खेतको क्वारेन्टाइनमा राखेर यार्सा संकलन गर्न खुल्ला

१९ जेष्ठ २०७७, सोमबार १२:२१
सुर्खेत, १९ जेठ । कर्णाली प्रदेश सरकारले भारतबाट आउने हुम्ला, मुगु र डोल्पाका नागरिकलाई सुर्खेतमा क्वारेन्टाइनमा राखेर त्यस क्षेत्रमा यार्सागुम्बा संकलन खुल्ला गर्ने भएको छ । प्रदेश विपत व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले हुम्ला , मुगु, जुम्ला र डोल्पामा कोरोना संक्रमण नदेखिएको हुँदा भारतबाट आउने हुम्ला, मुगु र डोल्पाका नागरिकलाई […]