कालिकोटमा कोरोना परीक्षण गर्न आठ सय १० जनाको स्वाव संकलन गरिँदै

कर्णालीपत्र संवाददाता ३ जेष्ठ २०७७, शनिबार १४:३२


राधिका मल्ल

कालिकोट, जेठ ३ । कालिकोटका नौ वटै स्थानीय तहमा पिसिआर बिधिबाट कोरोना(कोभिड–१९) को परीक्षण हुने भएको छ । जिल्लाका नौ वटा स्थानीयका तहका ८२ वटा वडामा नै पिसिआर बिधिबाट परीक्षण गरिने भएको हो ।

आगामी जेठ ५ गतेबाट कालिकोटका ८२ वडाका आठ सय १० जनाको नमूना परीक्षण हुने भएको छ ।

नौ वटा स्थानीय तहमा हरेक पालिकामा हरेक वडाबाट फरक–फरक समूहबाट छनौट गरी पिसिआर बिधिबाट स्वाव संकलन गरिने जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले बताए । ‘समूह छनौट गरेर एउटा वडाबाट १० जना र जम्मा ८२ वडाका ८२० जनाको पिसिआर टेस्टका लागि स्वाव संकलन गरिदैँछ ।’ उनले भने,‘संकलन गरिएको स्वाव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाईने भएको छ ।’

कालिकोटमा हालसम्म ३१ जनाको स्वाव संकलन गरेर पिसिआर बिधिबाट परीक्षण गरिएको र २९ जनाको नतिजा नेगेटिभ छ आएको सूचना अधिकारी महतले बताए । ‘दुई जनाको जाँच भैरहेको छ ।’ उनले भने,‘अन्यको नतिजा नेगेटिभ आएको छ ।’

जिल्लाभर चार सय ८९ जनाको आरडिटि बिधिबाट परिक्षण गरिएकोमा सबै नेगेटिभ आएका महतले जानकारी दिए ।

आगामी जेठ ५ गते हुने परीक्षणका लागि स्वास्थ्यकर्मी टोली एउटा पालिकाबाट पाँच जना खटाउन लागिएको सूचना अधिकारी महतले बताए । ‘हामीले मात्र परीक्षण गर्न नभ्याउने भएकाले स्थानीय तहसँग पनि स्वास्थ्यकर्मीको माग गरेका छौं ।’ उनले भने,‘स्वाव संकलन खटिने स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा बिषेश ध्यान दिएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगलागीमा परी एकको मृत्यु

३ जेष्ठ २०७७, शनिबार १४:३२
रुकुम पश्चिम, जेठ ३ । रुकुमपश्चिममा आगलागीमा परी आज बिहान एक महिलाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–३ खदिकी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको हो । डम्बर देवकोटाको तीनतले घरमा अकस्मात आगलागी हुँदा भान्साकोठामा खाना बनाइरहेकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए […]