सुनसान कैलाश मानसरोवर तिर्थयात्रा

कर्णालीपत्र संवाददाता २३ बैशाख २०७७, मंगलवार १४:१२


सुर्खेत, बैशाख २३ । यो मौसममा नेपालगंज, सुर्खेत र हुम्ला विमानस्थलमा कैलाश मानसरोवर जाने तिर्थयात्रीका कारणले निकै चहलपहल हुने गथ्र्यो । तर, यस आर्थिक वर्षमा कोरोना भाइरसका कारणले भएको लकडाउनले अहिले सुनसान जस्तै बनेको छ ।

हुम्लाको सिमकोट हुँदै चीनको स्वाशासित क्षेत्र तिब्बतमा रहेको कैलाश–मानसरोवर दर्शन गर्न भारतीय तीर्थयात्री घुइँचो लाग्ने गरेको थियो । मानसरोवर कैलाश दर्शन गर्न जाने मुख्य बाटो हुम्लाको नाम्खा गाउँपालिकाको हिल्सा नाका भएकाले हरेक वर्ष जेठ महिनादेखि भारतीय नागरिकलगायत अन्य देशका नागरिक हुम्लाको सिमकोट हुँदै मानसरोवर कैलासको दर्शन गर्न जाने गरेका थिए ।

हुम्लाका तिर्थयात्रा जाने पर्यटक यो मौसममा चहलपहल निकै हुने गरेको होटेल संघ हुम्लाका सचिव विनोद लामाले बताए । ‘यो मौसममा कैलाश मानसरोवर जाने तिर्थयात्रीहरुले होटेल बुकिङ्ग केही पर्यटक आइसक्थे ।’ उनले भने,‘यो बर्ष कोरोनाका कारणले चौपट हुने भएको छ ।’

कैलाश मानसरोर जाने अंधिकास हिन्दु र बौद्ध धर्मावालम्बी हुने गरेका, ती पनि भारतीय बढी आउने गरेको अहिलेको लकडाउनका कारणले तिर्थयात्रा जाने मान्छे नै नहुने अवस्था आएको लामाले बताए । ‘होटेल व्यवसाय चौपट भएका छ ।’ उनले भने,‘लकडाउनले अर्थतन्त्र पनि चौपट हुने भयो ।’

कैलाश मानसरोवर यात्रा गर्ने भारतीय नागरिकले करिब २४ दिनको तिर्थयात्रामा १ लाख १५ हजार भारतीय रुपैयाँ खर्च गर्ने गरेको भारतीय गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गत आर्थिक बर्षमा करीब २५ हजार भारतीय नागरिकले नेपालको बाटो भएर कैलाश मानसरोवरको यात्रा गरेका थिए ।

कैलाश मानसरोवर जाने भारतीय तिर्थयात्रीहरुले नेपालको नेपालगंज हुँदै हुम्ला र दार्चुलाको लिपुलेख र भारत सिक्किम नाथुला क्षेत्रबाट जाने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विप्लव समूहका नेता अनिल शर्मा पक्राउ

२३ बैशाख २०७७, मंगलवार १४:१२
काठमाडौं बैशाख २३ । नेकपा विप्लव समूहका नेता अनिल शर्मा विरही चितवनबाट पक्राउ परेका छन् । चितवन घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएको उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी पछिल्लो समयमा पक्राउ पर्ने उच्च तहका […]