थप १६६ जनामा संक्रमण, संक्रमितको संख्या १५६७ पुग्यो

कर्णालीपत्र संवाददाता १८ जेष्ठ २०७७, आईतवार १६:३६


सुर्खेत, १८ जेठ । नेपालमा आइतबार थप १ सय ६६ कोरोना संक्रमित फेला परेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार पाँच सय ६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा  जनामा  संक्रमण पुष्टि भएको हो।

तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन्।  यसैबीच पछिल्लो २४ घन्टामा २ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।  कोरोना जितेर अहिलेसम्म २२० जना अस्पतालबाट घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘सलह’ को समुह हवाई उडानका लागि पनि खतरनाक

१८ जेष्ठ २०७७, आईतवार १६:३६
एजेन्सी । मावन जगतका लागि अर्को महामारी बनेर आएको सलह, हवाई उडानका लागि पनि खतरनाक सावित हुने सम्भावना देखिएको छ । क्षणभरमै हरियाली सफाचट पार्ने सलहका कारण भारतीय बायु सेवा कम्पनीहरु प्रभावित भएका छन । सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै भारतीय हवाई उड्डयन नियामक संस्था डीजीसीएले विमानको उडान र अवतरणका […]