कर्णालीमा थप ५ जनामा काेराेना संक्रमण , पुनः पुष्टिकाे लागि स्वाब नेपालगंज पठाइयाे

कर्णालीपत्र संवाददाता ११ जेष्ठ २०७७, आईतवार ०९:५४

सुर्खेत, ११ जेठ । कर्णालीमा थप ५ जनामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे छ। भारतवाट कर्णाली भित्रिएर सुर्खेतमा क्वारेन्टाइनमा बसेका ५ जनामा काेराेना संक्रमण पाेजेटिभ देखिएपछि थप पुष्टि गर्न स्वाब नेपालगंज पठाइएकाे छ।

शनिवार बंबई नाका हुँदै कर्णाली भित्रिएका  मध्ये अारडिटि गर्दा  ११ जनामा काेराेना पाेजेटिभ देखिएकाे थियाे।  पाेजेटिभ देखिएकालाई वीरेन्द्रनगरस्थित क्वारेन्टाइन राखेर पिसिअार जाँच गर्दा ५ जनामा काेराेना पाेजेटिभ देखिएकाे सामाजिक मन्त्रालयकाे जनस्वास्थ्य महाशाखा प्रमस लक्ष्मी नारायण तिवारीले जानकारी दिए । उनका अनुसार सुर्खेतकाे प्रयाेगशालामा पाेजेटिभ देखिएका ५ जनाकाे स्वाब संकलन गरि पुन: पुष्टिकाे लागि नेपालगंज पठाइएकाे छ। नेपालगंजवाट दिउसाेसम्म रिपाेर्ट अाइसक्ने उनले जानकारी दिए। यसअघि कर्णालीमा ४ जनामा काराेना संक्रमण देखिएकाे छ। उनीहरूकाे प्रदेह अस्पतालमा उपचार भैरहेकाे छ।


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेमिका लिन गएका युवाको टोलीमा माथि गाउँलेको कुटाइ एकको मृत्यु, ६ जना बेपत्ता

११ जेष्ठ २०७७, आईतवार ०९:५४
रुकुमपश्चिम जेठ ११ । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका ६ जना युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र सोतीस्थित सुष्मा मल्लबीच […]