भारतवाट लुकिछिपि रौतहट आएका दुईजनामा कोरोना संक्रमण

कर्णालीपत्र संवाददाता १६ बैशाख २०७७, मंगलवार १२:१८

सुर्खेत, बैशाख १६ । भारतबाट चोरबाटो हुँदै नेपाल आएका रौतहटका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय गरी दुईजना पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन ।

वृन्दावन नगरपालिकाका संक्रमित युवा अहिले घर मै छन्‌ । कलकत्ताबाट आएका ती युवालाई चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएको थियो । प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख साहले जानकारी दिए ।

देवाही गोनाही नगरपालिकाका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । उनी भारतको राजधानी दिल्लीबाट नेपाल आएका थिए । संक्रमित दुवैजना लकडाउन कार्यान्वयन भएपछि चोरबाटो हुँदै भारतबाट नेपाल छिरेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दक्षिण एसिया: बङ्ग्लादेशमा कपडा कारखाना खुले, भारतमा लकडाउन बढ्ने

१६ बैशाख २०७७, मंगलवार १२:१८
एजेन्सी । बङ्ग्लादेशमा लकडाउन जारी भए पनि निर्यातका पुराना मागहरू पूरा गर्ने दबावबीच राजधानी ढाका लगायतका केही कपडा उद्योगहरू खुलेका हुन् । कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण बङ्ग्लादेशलाई निर्यातबाट आउने छ अर्ब डलर बराबरको राजस्वमा ठूलो असर पर्ने बताइएको छ । तर कारखानाहरू खोल्ने निर्णयले कोभिड–१९ लाई फैलाउने चिन्ता पनि व्यक्त […]

सम्बन्धित शीर्षक