अध्यादेश फिर्ता नभए आन्दोलनमा उत्रने प्रतिपक्ष दलहरूको निष्कर्ष

कर्णालीपत्र संवाददाता १० बैशाख २०७७, बुधबार १८:१८

काठमाडौं बैशाख १० । प्रतिपक्षी दलहरुले सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए आन्दोलनमा गर्ने निष्र्कषमा पुगेका छन्

बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिपक्षी दलहरुबीच ३ घण्टासम्म भएको छलफलले आन्दोलन गर्ने निष्र्कष निकाले हो ।

यी दुईबाट अध्यादेश लोकतन्त्र समाप्त पार्न, राजनीति अस्थिरता निम्त्याउन र तानाशाह व्यवस्थातर्फ मुलुकलाइ लैजाने ल्याइएको उनीहरुको निकर्ष छ ।

सरकारले जारीको राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नसक्ने सम्बन्धी व्यवस्था छ ।

उक्त अध्यादेश फिर्ता नलिएको आन्दोलनमा उत्रिने राणनीति तय भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रातोपाटीलाई जानकारी दिए ।

अकडाउनपछि सरकार विरुद्ध आन्दोलनको आधिबेरी ल्याउने उनेको भनाई छ । यादवका अनुसार बैठकमा तत्काल संसद अधिवेशन आवह्नको माग गरिएको छ । बैठकले सरकारका जनविरोधी कदमविरुद्ध केही फेरि विपक्षी दलहरुबीच बैठक बोलाउए र त्यसमा नागरिक समाजका अगुवाहरुलाई समेत सहभागिता गराउने निर्णय गरेको छ ।

नागरिकको दुःखप्रति सरकार संवेदेनशील नभएको भन्दै बैठकले जनविरोधी कदमविरुद्ध लाग्न सबैसँग अपिलसमेत गरेको छ ।

छलफलमा काँग्रेसका शीर्ष नेतासहित समाजवादीबाट डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र राप्रपाबाट पशुपति शमशेर राणा छलफलमा सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तत्काल स्थायी समितिको बैठक बोलाउन २० जना स्थायी समिति सदस्यको माग

१० बैशाख २०७७, बुधबार १८:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २० स्थायी समिति सदस्यहरुले तत्काल स्थायी समितिको बैठक बोलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । बुधबार अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल जनार्दन शर्मा, टोपबहादुरर रायमाझी, देव गुरुग, देवेन्द्र पौडेल पम्फा भुषाल,बेदराम भुषाल भीम आचार्य, भीम […]