सेती अस्पतालमा उपचाररत कोरोना संंक्रमित युवक निको भए

कर्णालीपत्र संवाददाता ७ बैशाख २०७७, आईतवार १७:५०


काठमाडौं बैशाख ७ । कोरोना संक्रमण भएर सेती प्रादेशिक अस्पतालमा उपचारार्थ भर्ना भएका २१ वर्षीय पुरुष निको भएका छन् । उनलाई आइतबार साँझसम्म डिस्चार्ज गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए ।

नेपालमा अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार उदयपुरमा थप एकजना ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सेती अस्पतालमा निको भएका युवकसँगै नेपालमा चारजना कोरोना संक्रमितको सफल उपचार भएको छ । देवकोटाले उपचाररत कोरोना संक्रमित २७ जनाको स्वास्थ्य पनि सामान्य रहेको बताए ।

शनिबार एकै दिन धौलागिरि अञ्चल अस्पतालमा उपचार गराएकी ६५ वर्षीया महिला र काठमाडौंको टेकुमा उपचार गराइरहेकी १९ वर्षीया महिला निको भएर डिस्चार्ज भएका थिए । देवकोटाले काठमाडौं उपत्यकाबाहिरका अस्पतालमा पनि कोभिड– १९ को सफल उपचार हुन सक्छ भन्ने पुष्टि भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘हामीले कार, एम्बुलेन्स, घर र सडकमा समेत लाश देख्यौं’

७ बैशाख २०७७, आईतवार १७:५०
एजेन्सी । इक्वेडरको ग्वायास इलाका कोरोना भाइरसको महामारीबाट सबैभन्दा प्रभावित क्षेत्रमा एक हो । जब सरकारी रेकर्डमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या जाँच गर्दै जाँदा एउटा कठोर वास्तविकता बाहिर आएको छ । ग्वायासमा अप्रिलको सुरुका २ सातामा ६ हजार ७ सय जनाको मृत्यु कोरोना भाइरसका कारण भएको पाइएको छ । […]

सम्बन्धित शीर्षक