एकैदिन थपिए १४ कोरोना संक्रमित

कर्णालीपत्र संवाददाता ५ बैशाख २०७७, शुक्रबार १९:१८

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।

६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य छ । उनीहरुमा कुनै लक्षण पनि छैन । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काेराेना भाइरसका कारण पछिल्लाे २४ घण्टामा साढे ८ हजारबढीकाे मृत्यु( सूचीसहित)

५ बैशाख २०७७, शुक्रबार १९:१८
काठमाडौं- विश्वका २ सय १० देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा (शुक्रबार) ८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ । यो एकै दिनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च हो । बिहीबार ६ हजार ९ सय ९८ जनाको मृत्यु भएको थियो । विश्वभर अहिलेसम्म कोरोनाका कारण १ […]

सम्बन्धित शीर्षक