वीरेन्द्रनगर नगरपालिकाको निर्णय: कोरोना बिरुद्ध खटिने कर्मचारीलाई १० लाख बीमा

कर्णालीपत्र संवाददाता २४ चैत्र २०७६, सोमबार १६:१६


सुर्खेत, चैत्र २४ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना बिरुद्ध खटिने कर्मचारीलाई १० लाख बीमा गरेको छ । नगरपालिका कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना संक्रमण विरुद्धको ब्यवस्थापनमा खटिने लाई १० लाख बीमा वापतकाे रकम दिने भएको हो ।

नगर कार्यपालिकाले भएमा कोरोना संक्रमण निःशुल्क उपचारको ब्यवस्था गर्ने र कुनै कर्मचारीले ज्यान गुमाउनु परेमा आश्रित परिवारलाई १० लाख रुपैया नगरपालिकाले राहत तथा क्षतिपुर्ति दिने निर्णय भएको नगरपालिकाले जानकारी दिएको छ ।

संक्रमण रोकथाम तथा उपचार कोषको स्थापना गरेको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले प्रकोप व्यवस्थापन कोषको खातामा २ करोड जम्मा गरेको छ । नगर स्तरिय ठुला ४ वटा आयोजनाहरुबाट प्रति योजना ५० लाख रकमान्तर गरेर कोषको स्थापना गरेको छ ।

त्यस्तै, राहत खाद्यान्नको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ् ( वा अधिकृत विक्रेता) र अन्य पसलहरुमा समेत गरी ९३ लाख २५ हजार खर्च भैसकेको नगरपालिकाका कार्यवाहक उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

नगरपालिकाले नगरक्षेत्र भित्र अत्यावश्यक खाद्य वस्तु बाहेक तरकारी दुध जस्ता पदार्थहरु अन्य पालिकाबाट आयातमा रोक लगाईएको छ । वडा कार्यालयले ब्यवस्थापन गर्ने गरी क्रमशः वडाहरु र टोलहरु लकडाउन गर्न सकिने ब्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोट अलपत्र बर्दियाका मजदुर भन्छन्, ‘हामी भोकभोकै मर्न लाग्यौ’

२४ चैत्र २०७६, सोमबार १६:१६
कालिकोट चैत्र २४ । एक जना ठेकेदारले काम कामका लागि कालिकोट पु¥याएका बर्दिया १९ मजदुर कालिकोटमा अलपत्र परेका छन् । ठेकेदार राजु कठायतले कामका लागि कालिकोट पुगेका मजदुरलाई छोडेर भागेपछि उनीहरु अलपत्र परेका हुन् । कर्णाली राजमार्गस्थित कालिकोटको खाँडाचक्र नगरपालिका दाँहाको विहानी खोलामा अलपत्र छन् । कर्णाली राजमार्ग मर्मतका लागि […]

सम्बन्धित शीर्षक