निर्देशन पालना गर्न पूर्वप्रधानमन्त्री नेपालको अपिल

कर्णालीपत्र संवाददाता १३ चैत्र २०७६, बिहीबार १५:४३

काठमाडौँ, १३ चैत (रासस)
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहनुभएका नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपाउन सबैमा आज अपिल गर्नुभएको हो । “ कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपनाउन सबैमा अपिल गर्दछु”, नेपालले भन्नुभएको छ, “सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्र बस्न र नियन्त्रणका लागि सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको निर्णय एवं निर्देशनलाई पालना गर्न आह्वान गर्दछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सभापति देउवाद्वारा विशेष राहत प्याकेज घोषणा गर्न आग्रह

१३ चैत्र २०७६, बिहीबार १५:४३
काठमाडौँ, १३ चैत (रासस) नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गर्नुभएको छ । उहाँले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका व्यक्तिका लागि तत्काल विशेष राहत […]

सम्बन्धित शीर्षक