अलपत्र नेपालीलाई नेपाल प्रवेशको अनुमति

कर्णालीपत्र संवाददाता ११ चैत्र २०७६, मंगलवार १७:४१

काठमाडौ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले नेपाल-भारत सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोनाको त्रासले भारतबाट सीमा नाकामा आइपुगेका नेपालीहरुलाई आजका लागि मात्रै नेपाल प्रवेशको अनुमति दिने तर उनीहरु क्वारेनटाइनमा अनिवार्य बस्नुपर्ने निर्णय भएको जानकारी दिए । सरकारले आइतबार नै सीमा बन्द गरिसकेकाले उनीहरुले नेपाल प्रवेश गर्न पाएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लकडाउनले जुम्ला पनि सुनसान

११ चैत्र २०७६, मंगलवार १७:४१
विश्व व्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईस संक्रमणाको उच्च जोखिम नेपालमा भएकाले सरकारले उच्च सतर्कता अपनाउदै घरबाहिर नआउन निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् ।