अलपत्र यात्रुको लागी हटलाइन १११०

कर्णालीपत्र संवाददाता ११ चैत्र २०७६, मंगलवार १७:१४

सुर्खेत : कोरोना भाइरस संक्रमणको त्रासका कारण भारत लगायत विभिन्न स्थानबाट घर फर्कन लागेका तर बिच बाटैमा अलपत्र परेका कर्णालीबासीलाई प्रदेश सरकारले उद्धार गर्ने भएको छ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले स्वदेश तथा विदेशबाट घर फर्केका तर गनतव्यमा पुग्न नसकेर अलपत्र परेका कर्णालीबासीलाई गनतव्यमा पुगाउन आवश्यक व्यवस्था मिलाइएको बताए । मन्त्री रावलका अनुसार यातायातका साधन बन्दका कारण बिचबाटोमा अलपत्र परेकाले हटलाइन नम्बर १११० मा सम्पर्क गरी आफ्नो अवस्थाबारे जानकारी गराउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अलपत्र नेपालीलाई नेपाल प्रवेशको अनुमति

११ चैत्र २०७६, मंगलवार १७:१४
काठमाडौ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले नेपाल-भारत सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोनाको त्रासले भारतबाट सीमा नाकामा आइपुगेका नेपालीहरुलाई आजका लागि […]