कर्णाली प्रदेश सरकारद्धारा ५० करोडको कोष स्थापना

कर्णालीपत्र संवाददाता ११ चैत्र २०७६, मंगलवार १२:१३

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा प्रतिकार्य योजनाको लागि ५० करोड रुपैयाँको विपत व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । सोमबार बसेको कर्णाली प्रदेश मन्त्री परिषद्को बैठकले विपत व्यवस्थापन कोष स्थापना कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशका १० वटै जिल्लामा कोरोना भाईरस (कोभिड १९)को रोकथाम तथा प्रतिकार्य योजनाका बनाउनका लागि जिल्ला विपद व्यवस्थापन कोषमा ५०÷५० लाख उपलब्ध गराउने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवत्ता विमला केसीले बताइन् । ‘विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड÷१९)को सम्भावित संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण कार्यमा खटिने कर्णाली प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई संघीय सरकारले तोकेको मापदण्ड अनुरुपको सेवा सुविधामा बृद्धि गर्ने निर्णय भएको छ ।’ उनले भनिन्,‘दोहोरो नपर्ने गरि कर्णाली प्रदेश सरकारले सो मापदण्ड अनुसार सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको छ ।’

कोरोना भाईरस (कोभिड १९)को रोकथाम तथा प्रतिकार्य योजनाको लागि आवश्यक पर्ने आर्थिक तथा भौतिक कार्यलाई व्यवस्थित र प्रभावकारी गराउन प्रमुख सचिवको नेतृत्वमा ९ सदस्यीय कार्यकारी समिति गठन गरिएको केसीले जानकारी दिइन् ।

कर्णाली प्रदेश भित्र कार्यरत सम्पूर्ण विशेषज्ञ, छात्रवृत्ति र करार सेवामा कार्यरत चिकित्सकहरुलाई कर्णाली प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको प्रवत्ता केसीले बताइन् ।

त्यस्तै, मन्त्रीपरिषद् बैठकले सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकाको वजेडिचौरमा रहेको केन्द्र राकमको पातचौर सार्ने गरि भएको गाउँपालिकाको निर्णयलाई नेपाल सरकार समक्ष सिफारिस गर्ने र सामाजिक विकास मन्त्रालयको कायम मुकायम सचिव पदमा मानव संशाधन विकास केन्द्र सुर्खेतमा कार्यरत अधिकृत दशौ तहका धर्मजित शाहीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

११ चैत्र २०७६, मंगलवार १२:१३