घर फर्किने कर्णालीका यात्रु राकममा अलपत्र

कर्णालीपत्र संवाददाता ११ चैत्र २०७६, मंगलवार ११:३१

घर फर्किने कर्णालीका यात्रु राकम अलपत्र
कालीकोट । कोभिड –१९ को संक्रमणको डरले घर फर्केदै गरेका कर्णालीको मुगु, जुम्ला, हुम्लाका यात्रु देश पुरै लकडाउन भएपछि राकम कर्णालीमा अलपत्र परेका छन् । काठमाडौं, नेपालगन्ज, सुर्खेत, भारतलगायतका विभिन्न स्थानबाट दुई दर्जनबढी गाडीमा घर फर्किदै गरेका कर्णालीका यात्रुहरू दैलेखको राकम कर्णालीमा यसरी अलपत्र परेका छन्। सोमबार दिउसो १२ बजे एउटा गाडि फसेपछि त्यस भन्दा पछाडि गाडीमा फसेका यात्रुहरु अलपत्र परेका हुन्।

कोरोनाको त्रास फैलिरहेको बेला सुरक्षित घर फर्किन भन्दै आइतबार र सोमबार नेपालगन्ज र सुर्खेतबाट जुम्लाका लागि छुटेका सबै गाडिहरु राकम कर्णालीमै अलपत्र परेको यात्रु अर्जुनसिंह कठायतले बताए।

‘खोलामा अगाडि एउटा गाडि फसेको छ त्यसलाई निकाल्नु पर्‍यो भन्दा सरोकारवाला कसैले पनि चासो देखाएनन्,’ उनले भने, ‘हामीले सम्बन्धित सबै निकायलाई गुहार गर्‍यौ तर कसैले पनि नुसने पछि यात्रुहरु आफैले पैसा उठाएर डोजर लगाएर खोलामा फसेको गाडि किनारा लगाएका छौँ।’

खोलाको गाडि किनारा लगाएपनि मंगलवार बिहान ६ बजेदेखि देशनै लकडाउन गरिएपछि उनीहरु अलपत्र परेका हुन्। जुम्ला र मुगु आउने यात्रुहरु धेरै रहेको बताइएको छ। सरकारले छिटो भन्दा छिटोबीच बाटोमै सोमबारदेखि अलपत्र परेका यात्रुहरुलाई सुरक्षित गन्तव्य स्थलसम्म पुर्‍याउनु पर्ने यात्रुहरुले बताएका छन्। यात्रुवाहक गाडि र मालबाहक गाडिहरु जाममा परेका छन्।

राकम कर्णालीमा अलपत्र परेका यात्रुहरुलाई गन्तव्यसम्म पुर्‍याउनको लागि सडक डिभिजन कार्यालय सँग समन्वय भैरहेको जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।

‘अहिले जिल्लामा निषेधाज्ञा गरिएका बेला कसरी अलपत्र परेका यात्रुहरुलाई गन्तव्य स्थल सम्म पुर्‍याउने भन्ने कालिकोट र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारीले समन्वय गर्नु पर्ने देखिन्छ,’ उनले भनिन्, ‘यात्रुहरुलाई नआतिन भनेका छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा ६२ वटा आइसोलेसन कक्ष

११ चैत्र २०७६, मंगलवार ११:३१
सुर्खेत, ११ चैत्र । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै कर्णाली सरकारले ६२ वटा आइसोलेसन कक्ष तयार पारेको छ । कर्णाली प्रदेश सरकारले १० वटै जिल्लामा ६२ वटा आइसोलेसन कक्षहरु निर्माण गरेको हो । कोरोनाको जोखिमलाई मध्यनजर गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ३५ वटा कक्ष, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ४ कक्ष, […]

सम्बन्धित शीर्षक