कर्णालीमा दैनिक उपभोग्य सामान महंगियो

कर्णालीपत्र संवाददाता ३ चैत्र २०७६, सोमबार १५:१२

कर्णालीपत्र
हुम्ला,
लगातारको हिमपातपछि कर्णालीमा दैनिक उपभोग्य सामानको मूल्य महंगिएको छ । मुगुको गमगढीबाट आउने सामान पटक पटकको हिमपातको कारण चंखेली हिमालबाट आउन बन्द भएपछि नेपालगंज र सुर्खेतबाट महंङ्गो हवाई ढुवानी भएर सामान आउन थालेपछि दैनिक उपभोग्य सामानको मुल्य वृद्धि भएको हो । सिमकोट गाउँपालिका वडा नम्बर ५ काठेचुलीकी बाँचु रावतले यस अघि स्वस्तिक तेल प्रति लिटर २२० रुपियाँमा खरिद गर्दै आएका थिए भने अहिले उक्त तेलको मूल्य प्रतिलिटर २८० रुपियाँमा खरिद गर्नु परेको बताइन् । उनका अनुसार गत पुस महिनायता दैनिक उपभोग्य सामानको मूल्यमा वृद्धि हुँदै आएको छ । त्यसैगरी उनले धारा तेल प्रतिलिटर २८० रुपियाँमा पाउदै आएकोमा अहिले त्यसको मूल्य बढेर ३२० रुपियाँ पुगेको छ । मुगुबाट खच्चडमा पैदल आउदा कम मुल्य पर्ने गरेको भएपनि अहिले नेपालगंज र सुर्खेतबाट हवाई मार्गबाट आउन थालेपछि त्यसको मुल्य वृद्धि भएको हो ।

अर्की स्थानीय जय बोहराले यसअघि चिनी प्रतिकेजी एक सय असी रुपियाँमा खरिद गर्दै आएकोमा अहिले त्यसको मूल्य २२० रुपियाँ पुगेको बताइन् । उनले गत मंसिर महिनाबाट पटक–पटक हिमपात भएपछि खच्चडबाट आउने दैनिक उपभोग्य सामानहरु आउन नसक्ला यसरी मूल्य वृद्धि भएको हो । त्यसै गरी साबुन नुहाउने र लुगा धुनेको पनि वृद्धि भएको छ । उद्योग वाणिज्य संघ हुम्लाका विमानस्थल प्रतिनिधि टेकबहादुर रोकायाका अनुसार दैनिक उपभोग्य सामानको मूल्य वृद्धि हुनुको मुख्य कारण लामो समयसम्मको हिमपात रहेको बताए ।

अहिले पैदल मार्गबाट सामानहरु ढुवानी गर्न नपाउदा हवाई मार्गबाट सामानहरु ढुवानी गर्नु परेपछि महंगो भएको हो । मुगुबाट सामानहरु प्रतिकेजी एक सय रुपियाँमा आउने गर्छ भने नेपालगंजबाट प्रतिकेजी १३० रुपियाँमा आउने गर्छ । रोकायाले महंङ्गो ढुवानी कै कारण दैनिक उपभोग्य सामानमा मूल्य बढेको बताए । प्रति सामान २० देखि ३० प्रतिशतसम्म वृद्धि भएको छ । हवाई मार्गबाट पनि यी सामान कम आउने भएको कारण प्रयाप्त मात्रामा बजारमा पाउन पनि कठिन छ । मुगुबाट खच्चडमा दैनिक उपभोग्य सामान ढुवानी गर्दै आएको व्यापारी लोकेन्द्र शाहीले चंखेली हिमालमा हिमपातले गर्दा बाटो अवरुद्ध भएको र सामान ढुवानी गर्न नपाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नमूना विद्यालय : कमाउँदै पढाउँदै

३ चैत्र २०७६, सोमबार १५:१२
राधिका मल्ल कालीकोट, जिल्लाको तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना विद्यालयका रुपमा परिचित छ । विद्यालयको आफ्नै स्याउ बगैंचा, प्रशस्तै जग्गा रहेको प्राविधिक शिक्षा पढाई हुने महादेव माध्यमिक विद्यालय जिल्लाकै नमूना विद्यालय हो । कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य तथा शिक्षा संकाय र सिटिइभिटीको १८ महिने कृषि जेटिए […]

सम्बन्धित शीर्षक