किशोरीहरुका लागि पत्रकारिता तालिम सम्पन्न

कर्णालीपत्र संवाददाता २ चैत्र २०७६, आईतवार १२:४८

राधिका मल्ल
कालिकोट,
कालिकोटमा किशोरीका लागि दुई दिने तालिम सम्पन्न भएको छ । किशोरीहरुलाई पत्रकारिता अग्रसर गराउने उद्देश्यले प्लान नेपालको सहयोगमा हुरेन्डेको सहजीकरणमा दुई दिने तालिम सम्पन्न भएको हो । तालिममा जिल्लाका सान्नीत्रिवेणी, नरहरीनाथ गाउँपालिका र रास्कोट नगरपालिकाका १५ जना किशोरीहरुको सहभागिता रहेको थियो ।

किशोरीहरुलाई पत्रकारिता क्षेत्रमा अग्रसर गराउने उद्देश्यकासाथ कालिकोटको आयोजनामा पत्रकारिता तालिमको हुरन्डेक नेपालका कार्यक्रम संयोजक कोषाध्यक्ष दीलिपकुमार शाहीले बताए । किशोरी पत्रकारिता तालिमको पत्रकार कालीवहादुर मल्ल, खडानन्द अधिकारी, बिश्वनाथ सिंम्खडा र हस्त चौलागाईले सहजीकरण गरेको कार्यक्रम संयोजक किसोर रोकायाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-12-03)

२ चैत्र २०७६, आईतवार १२:४८