नगर प्रहरी विधेयक ल्याउदैं चामुण्डा

कर्णालीपत्र संवाददाता २ चैत्र २०७६, आईतवार १२:२२

कर्णालीपत्र
सुर्खेत,
शान्ति सुरक्षा कायम गर्न चामुण्डा बिन्द्रासैनी नगरपालिकाले नगर–प्रहरी विद्येयक नगरसभामा पेस गरेको छ । छैंटो नगरसभाको दोस्रो बैठकमा विद्येयक समितिका संयोजक एवम् वडा नं. ८ का वडा अध्यक्ष वीरबहादुर शाहीले नगर–प्रहरी विद्येयकसहित ४ वटा विधयेक पेस गरेका हुन् ।

नागरिकको खानेपानीको पँहुचलाई सहजता बनाउन खानेपानी तथा सरसफाईसम्बन्धी विद्येयक, ऐतिहासिक मठमन्दिर संरक्षण विद्येयक र सडकहरु व्यवस्थित बनाउन स्थानीय सडक निर्माण तथा संरक्षणसम्बन्धी विद्येयकहरु सभामा पेश भएका हुन् ।

खानेपानी पहँुचलाई सहजता बनाउन र सडकहरुलाई व्यवस्थित बनाउन सडक संरक्षणसम्बन्धी विद्येयक ल्याएको चामुण्डा बिन्द्रासैनी नगरपालिका नगरप्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए । जनता शान्ति सुरक्षा कायम गर्न नगर–प्रहरी विद्येयकसमेत ल्याउने उनको भनाई छ । स्थानीयस्तरमा सडकहरु हरियाली आयमूलक बनाउन र १२ महिना सञ्चालन ल्याउन सडक विद्येयक पास गर्न लागिएको उनको भनाई छ । नगरसभाको अर्को बैठक चैत्र ४ गते बस्ने गरी स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

५५ हजार आर्थिक सहयोग

२ चैत्र २०७६, आईतवार १२:२२
खड्क सुनार मुगु, सुत्केरी भई सकेपछि अत्याधिक रक्तश्राप हुँदा उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गुमाएकी सुत्केरी महिलाका बाल बच्चालाई विदेशमा बस्ने दुई नेपालीले आर्थिक सहयोग गरेका छन् । अमेरीकामा बस्दै आएकी नेपाली सुबि थापाले ५० हजार र कुबेतमा बस्दै गरेका सुरज मास्केले ५ हजार गरी ५५ […]

सम्बन्धित शीर्षक