‘सरकार ढाल्ने हल्ला साँचो हैन’ – नेता कंडेल

कर्णालीपत्र संवाददाता २ चैत्र २०७६, आईतवार ११:५३

वसन्त भण्डारी
सुर्खेत, नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कंडेलले सरकार ढाल्ने हल्ला साँचो नभएको बताएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहलाई नेपाल प्रगतिशिल संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संयुक्त रुपमा आयोजना गरेको स्वागत कार्यक्रममा नेता कंडेलले सरकार ढाल्ने हल्ला फैलाउनुभन्दा राम्रो काम गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।
सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । त्यो समय बित्दै जाँदा मैले भर्खरै मात्रै अलि ढंग पु¥याइएनकी साथीहरु भन्न सक्ने भएको छु । उनले भने, ‘तर त्यसको गलत प्रचारले बजारमा सरकार फाल्ने हल्ला फैलिएको छ । नेकपाका ३३ जना मध्ये यो विषयमा कुरा गर्नेको प्रर्याप्त संख्या छ । तर म केही पनि बोलिरहेको छैन ।’ प्रदेशसभाको जनप्रतिनिधिको नाताले अलि ढंग पु¥याइएनकी भनेर भन्दा बजार भरि यति संख्या भयो, हस्ताक्षरसमेत भयो भनेर बेकारमा अपव्याख्या भएको उनको भनाई छ । जो जिम्मेवार तहमा छन् । उनीहरुले नै यसको हल्ला फिजाइरहेका छन् । उनले थपे, ‘सबै मिलेर गर्नुपर्ने काममा ढंग नपु¥याएको साँचो हो । त्यसलाई सकारात्मक हिसाबले नलिएर हल्लाको पछि लागे सरकार आफै कमजोर हुन्छ ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा नन्दबहादुर सिंहलाई नेपाल प्रगतिशिल संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संयुक्त रुपमा आयोजना गरेको स्वागत कार्यक्रमका अतिथिहरु । तस्वीर ः कर्णालीपत्र

सरकारका विषयमा मसँग कुरा गर्ने साथीहरु नै सरकारसँग गएर सरकार फाल्दै छ भनेको देखिरहेको भन्दै नेता कंडेलले हल्लाले कसैलाई फाइदा नगर्ने बताए । देशका अन्य प्रदेशका कुनै पनि विषयमा बिमत्ती भए पनि छलफल संवाद हुन्छ तर यहाँ कुनै पनि विषयमा कुरा मिलेन भने संवाद नै नहुँने गरेको भन्दै उनले अनुहार हेरेर धारणा बनाउने तरिका आफूलाई मन नपरेको बताए ।
देशमा नेकपाको विकल्प नभएको अवस्थामा राजनीतिलाई धन्दाको रुपमा प्रयोग हुँदै आइरहेको भन्दै उनले कसैले नेकपाको शिर निहु¥याउने काम गर्छ भने त्यसले राम्रो नगर्ने बताए । साथै उनले उपकुलपतिको काम गर्ने स्पिडलाई सहयोग गर्ने समेत बताए ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले संगठन नभएर योग्यताको आधारमा जिम्मेवारी दिइने धारणा राखे । आफ्नो कार्यकालमा एक रुपैयाँ घुस खानु परे अहिले नै पद छोड्न तयार भएको उनको भनाई थियो । उपकुलपति सिंहले विश्वविद्यालयमा सबैलाई मिलाएर अघि बढ्नेसमेत प्रतिबद्धता जनाए । विश्वविद्यालयमा विद्यार्थीलाई ऊर्जा प्राप्त गर्ने केन्द्रको रुपमा विकास गर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा कोरोना लक्षित हेल्थ डेस्क, पाँच जना कर्मचारीको भरमा ६ हजार यात्रु

२ चैत्र २०७६, आईतवार ११:५३
प्रदेश सरकारले माहामारीको रुपमा फैलिएको नोवेल कोराना भाइरस (कोभिड १९)लाई लक्षित गरेर हेल्थ डेस्क स्थापना गरे पनि आवश्यक जनशक्ति र उपकरणको अभावमा समस्या देखिएको छ ।

सम्बन्धित शीर्षक