ख्याल गराौं, होली खेले कारबाहीमा परिएला !

कर्णालीपत्र संवाददाता २६ फाल्गुन २०७६, सोमबार १२:२६

वसन्त भण्डारी
सुर्खेत । आज परेको रङ्गको पर्व होलीमा एकै ठाउँमा धेरै व्यक्ति जम्मा भए प्रशासनले कारबाही गर्ने भएको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोराना भाइरसको त्रासले नेपाल सरकारको निर्दशन अनुसार होली खेल्न बन्देज लगाएको स्थानीय प्रशासनले आफ्नो आग्रहलाई अवज्ञा गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । होली खेल्नाले धेरै मानिस एकै ठाउँमा जम्मा हुँदा कोरानाको संङ्क्रमण बढ्न सक्ने भन्दै होलीलगायतका पर्व, जात्रा, मेला, महोत्सवजस्ता कार्यक्रम नगर्न/नगराउने सरकारको निर्णय अनुसार स्थानीय प्रशासनले बन्देज लागएको हो ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोराना भाइरसको संङक्रमणलाई ध्यानमा राखेको उच्च सतर्कता अपनाउन सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले अनुरोध गरेका छन् । ‘हामीले होलीमा भिडभाड नगर्न, एकै ठाउँमा जम्मा नहुन आग्रह गरेका छौँ ।’ उनले भने, ‘हामीले यस अघिदेखि नै विभिन्न सञ्चार माध्यमबाट प्रचार प्रचारलाई तीव्रता पनि दिएका छौँ ।’

आफू खुसीले घरमा सामान्य कार्यक्रम गरेर होली मनाउन छुट दिएको उल्लेख गरेका अधिकारी न्यौपानेले भने, ‘यदि कसैले ठूला कार्यक्रम, भिडभाड जम्मा पार्ने, इच्छा विपरीत कलर फ्याक्ने, जाँड, रक्सी खाएर अनैतिक हर्कत गरेको अवस्थामा कानून अनुसार प्रशासनले कारबाही गर्छ ।’ कुनै पनि बेला आफू वा आफ्ना आफन्तमा कोराना भाइरसका लक्षणहरू देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत नागरिकमा प्रशासनले आग्रह गरेको छ ।

होलीलाई लक्षित गरेर नाँकाहरूमा कडा चेकजाँच, विभिन्न सोसल मिडिया र सञ्चार माध्यमबाट प्रचारप्रचार गरेको बताएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रवि रावलले होलीलाई लक्षित गरेर गणबाट थप सुरक्षा फोर्स परिचालन गरेको बताए । विभिन्न उछृङ्खल गतिविधि भएको अवस्थामा सार्वजनिक मुद्दा लगाउने र एक लाख जरिवानादेखि ३ महिना कैद सजाय गर्ने तयारी स्थानीय प्रशासनले गरेको उल्लेख गरेका नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालयका वरिष्ठ उपरिक्षक मसुध आलम खानले कसैले अनैतिक हर्कत गरेको अवस्थामा प्रहरीलाई खबर गर्न आग्रह गरे ।

होलीको अवसरमा अनावश्यक जमघट गर्ने, लोला, रंग हान्ने काम नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखले पनि सार्वजनिक सूचना टाँस गरेर सबैलाई सचेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किटानी दर्ता भएको दुई वर्षसम्म अनुसन्धान भएन

२६ फाल्गुन २०७६, सोमबार १२:२६
घटनाको आरोपित ८ जना मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरी अदालतमा मुद्दा पेश गरे पनि दोस्रो पटक ०७४ भदौ १२ गते मृतकका बुबा रामकृष्ण बुढ्थापाले जिल्ला सहकारी वकिल जुम्लामा पुरक जाहेरीका रूपमा आरोपित विरूद्ध किटानी सहित उजुरी दर्ता गरेका थिए ।

सम्बन्धित शीर्षक