हिमाली जिल्लामा हिमपात; टल्कियो रारा

कर्णालीपत्र संवाददाता १० फाल्गुन २०७६, शनिबार १७:१९

सुर्खेत । शुक्रबार मौशममा आएको बदिलीले कर्णालीका उच्च हिमाली जिल्लामा फेरी हिमपात शुरु भएको छ । जुम्लामा शुक्रबार बिहानदेखि हिमपात भयो । यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ ।

बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ ।

लगातार पानी र हिउँबाट बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक–पटक सूचनासमेत जारी गर्दै आएको छ । चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन् । अस्पतालमा रुघाखोकीका बिरामी बढेका पाडब गुफा हेल्थ स्वास्थ चौकीका अहेब नेत्रबहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै, उच्च हिमाली जिल्ला हुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । पुस र माघ दुई महिना लगातार परेको हिमपात फेरि हुन थालेको छ । जिल्लाको सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकामा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा पानी परिरहेको सर्केगाड गाउँपालिका–२ रिप गाउँका कालीबहादुर महताराले जानकारी दिए ।
बिहीबार रातिदेखि जिल्लामा मौसम फेरबदल भएसँगै शुक्रबार बिहानदेखि हिमपात हुन थालेको हो । बिहानदेखि हिमपात हुँदा चिसो एक्कासी बढेको स्थानीयवासी महेन्द्र बोहराले बताए ।

हिमपातका कारण नेपालगञ्ज, सुर्खेतबाट नियमित उडान समेत प्रभावित बनेको छ । नेपालगञ्ज, सुर्खेतबाट सीता, समिट, तारा एयरलाइन्सले यात्रु र व्यापारीको जडीबुटी ओसार्दै आएका थिए ।

टल्कियो रारा

पछिल्लो पटक परेको हिमपतले समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको रारा यति वेला हिमपातले चाँदीझैँ टल्किएको छ । चारैतिर हिमपातले सेताम्यबीचमा आकाश गंगाझैँ नीलो तालले रारा रमणीय तथा प्राकृतिक सौन्दर्य डुबुल्की मार्दै निश्चल भएर बसेको छ । सकारले हालै गरेको नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तब्य मध्ये मुगुको रारा ताल पनि सूचीमा परेको छ ।

पर्यटन वर्षको शुभारम्भसँगै चाँदीझैँ टल्किएको रारामा आन्तरिक तथा बाह्य पर्यटको लर्को लाग्ने अपेक्षा सबैको थियो। तर, भएन । बढीभन्दा बढी पर्यटक भित्र्याउने र अर्थत्रन्त बलियो बनाउन टेवा पु¥याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष २०२०’ उद्घाटनका अवसरमा संघीय र प्रदेश, स्थनीय सरकारले ताम झामका साथ विभिन्न कार्यक्रम आयोजना गरी पर्यटन वर्षको शुभारम्भ गरे । मुगुको रारा तालबाट पनि पर्यटन वर्षको शुभारम्भमा कार्यक्रम गरियो । कर्णाली प्रदेश सरकारले भ्रमण वर्षकै अवसरमा ‘यसपालि घुमौँ कर्णाली’ अभियान शुरु ग¥यो । तर, कर्णालीका प्रमुख पर्यटकीय स्थल अहिले सुनसान छन् ।

कर्णाली प्रदेश दुर्गम भनी परिचित मुगुको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा यति बेला सुनसान अवस्थामा छ । अहिले रारामा उल्टो भएको छ । पर्यटन वर्षको शुभारम्भ गरिएको दुई बितिसक्दा रारामा बाह्य पर्यटक सात जनासम्म र आन्तरिक पर्यटक एक सयसम्म मात्र आएका छन् । नेपाल भ्रमण वर्ष २०७६ साल पुस १६ गते शुभारम्भपश्चात अहिले रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन संख्यामा न्यून रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ ।

मुगुलगायत कर्णालीका जिल्लामा लगातार परेको बाक्लो हिमपातले गर्दा हवाई उडानदेखि सडक अवरुद्ध हुनुका साथै सवारी साधन पनि सञ्चालन नआएपछि पछिल्लो समय रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा घट्दो क्रममा रहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए ।

उनकाअनुसार अहिले नेपाल भ्रमण वर्ष शुभारम्भमा रारामा भने अहिलेसम्म फाटफुटमा पाँचदेखि १० जनासम्म बाह्य पर्यटकले मात्र रारामा पाइलो टेकेका छन् । ‘गत वर्षमा यस्तो अवस्था थिएन’ उनले भने, ‘भ्रमण वर्ष शुभारम्भमै यस्तो दुविधा देख्दा जिल्लामा मात्र नभई समग्र कर्णाली प्रदेशमै ठूलो चोट पुग्न सक्छ ।’ एकातिर रारामा पर्यटकको आगमनन भएपछि समग्र मुगु जिल्लाको अर्थतन्त्रमा टेवा नपुग्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा कपुरकोटको सपथ ग्रहण सम्पन्न

१० फाल्गुन २०७६, शनिबार १७:१९
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानले कपुरकोट गाउँ कमिटीको सपथ ग्रहण सम्पन्न गरेको छ । सल्यानको सिद्धकुमाखबाट शुरु भएको कार्यक्रम जिल्लाका विभिन्न स्थानीय तहमा चलिरहेको छ ।