जुम्लामा छाउपडीविरुद्ध महायज्ञ

कर्णालीपत्र संवाददाता ९ फाल्गुन २०७६, शुक्रबार ११:२६

जुम्ला । जुम्लामा छाउपडी प्रथा उन्मुलनको महा अभियानअन्र्तगत छाउपडीलगायत विभिन्न कुरिति अन्त्यका लागि महायज्ञ गरिने भएको छ । गाउँमा गाउँमा जनचेतनामुलक कार्यक्रम सञ्चालन तथा आठ वटै स्थानीयतहमा सद्भावना दुत नियुक्त गरिसकेपछि शुक्रबार महाशिवरात्रीका दिन महायज्ञ गरिने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् ।

सुदुरपश्चिमसँगै कर्णालीमा सञ्चालन भएको छाउपडी प्रथा उन्मुलनको लागि सरकारले सञ्चालन गरेको अभियानलाई सधै धार्मिक काम्मा लगाइने महायज्ञ जुम्लामा भने, छाउपडी प्रथा घरेलु हिंसा, बालविवाहलगायत विभिन्न कुरिति अन्धविश्वासका विरुद्ध महायज्ञ गरिन लागेको हो ।

महायज्ञमा सहभागी हुन संघीय महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल शुक्रबार जुम्ला आउँदैछन् । जुम्लामा सञ्चालन गरिएको महाअभियानले पारेको सकारात्मक प्रभाव, सिडिओ, डिएसपी, सञ्चारर्कीहरुको सक्रियातालाई हेर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय विशेष सहयोग गरेको छ ।

धामीझाक्री, पुरोहित, महिला अगुवालगायत आमनागरिकको भेला गरी छुइप्रथा विरुद्ध महायज्ञ गरिने डिएसपी लालबहादुर धामीले बताए । महायज्ञमा होम गर्दै जुम्लामा रहेका छाउपडीलगायत अन्य अन्धविश्वासलाई स्वाँहा गरिने उनको भनाई छ । महायज्ञ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको सहआयोजनामा हुँदैछ । कुरिती अन्त्यका लागि नेपालमै पहिलो पटक महायज्ञ हुन लागेका कारण विशेष तरिकाले हेरिएको छ । आजैबाट मन्च व्यवस्थापनदेखि हरेक खटनपटमा प्रहरी प्रशासन तथा सञ्चारकर्मी जुटेका छन् । आठै स्थानीयतह गरी छाउपडिविरुद्ध जनचेतना जगाउन ५६ सद्भावना दूध नियुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२१ सदस्यीय मदन भण्डारी फाउण्डेशनको प्रदेश कमिटी गठन

९ फाल्गुन २०७६, शुक्रबार ११:२६
समितिको सदस्यमा नन्दसिंह बुढा, मिना रखाल, दानसिंह परियार, कौशिला खत्री, रत्नप्रसाद न्यौपाने, गोविन्द पुन, चन्द्रप्रकाश घर्ती, मोहनमाया ढकाल, गोकुल बुढा, दल फडेरा, शेरबहादुर बुढा, टेकेन्द्रकुमार बस्नेत, छेजुङ लामा, तेजबहादुर चन्द मेनका पछाईलगायत रहेका छन् ।

सम्बन्धित शीर्षक