सुर्खेतमा आविष्कार केन्द्र स्थापना हुने (संझौता सहित)

कर्णालीपत्र संवाददाता १ फाल्गुन २०७६, बिहीबार ११:४३

वसन्त भण्डारी
सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरिने भएको छ । बुधबार राष्ट्रिय अविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच समझदारी पत्र (एमओयू) पत्रमा हस्ताक्षर भएसँगै कर्णालीमा आविष्कार केन्द्र स्थापनाका लागि बाटो खुलेको हो ।

चालु आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर सञ्चालन गरिसक्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । कर्णाली उद्यमशीलता नेतृत्व शिखर सम्मेलन कार्यक्रमका लागि सुर्खेत आएका डा. पुन र विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन अनन्तराज घिमिरेबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा हस्ताक्षर गर्दै डा. पुनले कागजमा मात्रै हस्ताक्षर नभएर काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

 

पैसाको अभावमा कुनै पनि काम नरोकिने भन्दै उनले समयमा नै काम सम्पन्न हुने बताए । कर्णालीको विकासमा आविष्कार केन्द्र जरुरी भएकाले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्य अघि बढाइएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन अनन्तराज घिमिरेले जानकारी दिए । आविष्कार केन्द्रका लागि लगानी राष्ट्रिय आविष्कार केन्द्रको हुने र विश्वविद्यालयले त्यसका लागि सहजीकरण गर्ने उनको भनाई थियो । उनले आविष्कार केन्द्र सञ्चालनका लागि विश्वविद्यालयले एउटा कार्यविधि बनाउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-11-02)

१ फाल्गुन २०७६, बिहीबार ११:४३