‘बाँके र बर्दियालाई कर्णालीमा गाभौं’

कर्णालीपत्र संवाददाता २४ माघ २०७६, शुक्रबार १०:३८

कोहलपुर । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन आग्रह गरेका छन् । बिहिबार बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रमा बोल्दै ज्वालाले बाँके र बर्दिया सहित जिल्लालाई जोडेर कर्णाली प्रदेश बनाउन आवश्यक रहेको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोहलपुर नगर कमिटीले आयोजना गरेको नेताकार्यकर्ता भेटघाट कार्यक्रममा ज्वालाले बाँके बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभिन लालायित भएको बताए । ‘बाँके र बर्दियालाई कर्णालीमा मिलाउने भन्ने पक्षमा छौं ।’ उनले भने, ‘भाषा, संस्कृति रहनसहन समेत मिल्ने भएकाले कर्णाली प्रदेशको अभिन्न अंगका रुपमा बाँके बर्दिया समाहित हुन भन्ने हाम्रो चाहाना हो ।’ मन्त्री ज्वालाले बर्दियाको राजापुर र बाँकेको नेपालगंजनाका बिना कर्णाली अपुरो हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३७ पद आवेदन १३ सय

२४ माघ २०७६, शुक्रबार १०:३८
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ३७ जना कर्मचारीको करारमा कर्मचारी भर्नाका लागि गरिएको विज्ञापनमा एक हजार दुई सय ५८ जनाले आवेदन दिएका छन् । मन्त्रालयले गत पुस २७ गते विभिन्न ११ समूहका करार सेवाका कर्मचारी पूर्तिका लागि खुला विज्ञापन प्रकाशित गरेको थियो ।