अँझै शुरु भएन विपिएच दोस्रो वर्षको पढाई

कर्णालीपत्र संवाददाता २४ माघ २०७६, शुक्रबार १०:३५

जुम्ला । कार्तिक १७ गतेदेखि शुरु हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको विपिएच दोस्रो वर्षको पढाई अँझै शुरु नभएपछि अध्ययनरत विद्यार्थी समस्यामा परेका छन् ।

प्रतिष्ठानले पढाई शुरु नगर्दा गएको पुस ११ गतेबाट जाडो विदा दिएर माघ ११ गतेबाट कक्षा सञ्चालन गर्ने भनिएको भए पनि विपिएच दोस्रोे वर्षको पढाइ हालसम्म पनि शुरु भएको छैन् ।

प्रतिष्ठानमा विपिएच दोस्रोे वर्ष अध्ययनका लागि १७ जना विद्यार्थी अध्ययनरत रहेका छन् । ‘हाम्रो दोस्रो वर्षको अध्ययनका लागि भर्ना प्रतिष्ठानले भर्ना गरेर कात्तिक १७ गतेबाट नियमित पढाई हुने भनिएको थियो ।’ आफ्नो नाम उल्लेख गर्न नमानेका एक विद्यार्थीले भने, ‘पुस महिनामा १० दिनमात्रै सामान्य पढाई हुने जस्तो भयो तर फेरि जाडो विदा भन्दै बन्द भएको पढाई अहिलेसम्म सुचारु हुन सकेको छैन ।’ ‘नियमित पढाई नहुँदा हामीलाई झुक्याउने काम भइरहेको छ ।’ ती विद्यार्थीले थपे, ‘पढाई नगर्ने कारण के हो त्यो पनि हामीले जान्न पाएका छैनौं ।’ प्रतिष्ठानमा विपिएच दोस्रोे वर्ष अध्ययनरत १७ जना विद्यार्थीमध्ये १३ जना विद्यार्थी सरकारी स्थायी जागिरे भएको र बाँकी पाँच जनामात्र नियमित पढ्न आउने विद्यार्थी भएकाले पनि पढाई सूचारु गर्न समस्या भएको बताइएको छ ।

यस बारेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. रेशम रानाले विपिएच दोस्रोे वर्षको पढाई शुरु भइसकेको भन्दै पढाई नभएको भन्ने कुरा सत्य नभएको टिप्पणी गरे । ‘जाडो विदाका कारणले पढाई केही ढिला भएको साँचो हो ।’ उनले भने, ‘केही दिनअघि मात्रै विपिएच दोस्रो वर्षको पढाईलाई हामीले नियमित गरेका हौं ।’

केही सरकारी जागिर गर्नेले पनि विपिएच अध्ययन गरिरहेको र उहाँहरुलाई अध्ययन विदा मन्त्रालयले दिएका कारणले आफूले भर्ना गरेको डिन रानाले स्वीकार गरे । ‘सरकारी जागिर गर्नेले अध्ययन गर्न पाउनुहुन्छ ।’ उनले भने, ‘सम्बन्धित मन्त्रालयबाट अध्ययन विदाको स्वीकृति ल्याएका कारणले हामीले भर्ना गरेका हौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘बाँके र बर्दियालाई कर्णालीमा गाभौं’

२४ माघ २०७६, शुक्रबार १०:३५
बिहिबार बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रमा बोल्दै ज्वालाले बाँके र बर्दिया सहित जिल्लालाई जोडेर कर्णाली प्रदेश बनाउन आवश्यक रहेको बताएका हुन् ।