यौन दुर्व्यवहारको आरोपमा एसएसपी  राणा प्रहरी नियन्त्रणमा

कर्णालीपत्र संवाददाता १९ माघ २०७६, आईतवार १५:३५

 

काठमाडौं, १९ माघ : यौन दुर्व्यवहारको आरोप लागेको नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणा आफैं प्रहरी कार्यालय पुगेका छन्। उनी अहिले प्रहरी नियन्त्रण छन्।

उनलाई अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले सुनसरी अदालतमा पेश गर्दैछ।

एसएसपी राणा आज दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं उपस्थित भएका सुनसरी प्रहरी प्रवक्ता, डीएसपी विनोद शर्मा घिमिरले जानकारी दिए।

उनलाई पक्राउ गर्नका लागि प्रहरीले सुनसरी जिल्ला अदालतमा अनुमति समेत लिइसकेको थियो।

संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणा  बलात्कारको आरोप लागेपछि निलम्बनमा परेका थिए। उनलाई धरानकी एक महिलाले आफूलाई लामो समयदेखि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्याय सुनसरीमा किटानी जाहेरी दिएकी थिइन्।

उजुरी परेपछि गृह मन्त्रालयले त्यसबारे छानबिन समिति गठन गरेको थियो। समितिको सिफारिसका आधारमा राणालाई निलम्बन गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-10-20)

१९ माघ २०७६, आईतवार १५:३५