एक दिवसीय विराट ध्यानोत्सव

कर्णालीपत्र संवाददाता १९ माघ २०७६, आईतवार ०७:५१

सुर्खेत । एक दिवसीय विराट ध्यानोत्सव सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । ओशो जीवन जागृति केन्द्र सुर्खेतकोे आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा देशकै ख्याति प्राप्त परम सद्गुरु भगवान ओशो, गुरुदेव स्वामी शैलेन्द्र सरस्वतीको सहभागिता रहेको थियो । उनीहरुले आध्यात्म तथा ध्यानको बारेमा विभिन्न कुराहरु जानकारी गराएका थिए ।

कार्यक्रममा सुर्खेतस्थित विभिन्न संघ÷संस्थाका पदाधिकारीहरु, विश्वविद्यालयका प्राध्यापक, अन्य विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीलगायत अन्य ध्यानसँग आस्था राख्ने एक हजारभन्दा बढी मानिसको सहभागिता रहेको ओशो जिवन जागृति केन्द्र सुर्खेतका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए ।

साथै उनले ध्यानबाट जीवनलाई कसरी जान्न सकिन्छ भन्ने कुरा बुझ्नका लागि कार्यक्रमको आयोजना भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्माण भएपनि सञ्चालनमा आएन स्वास्थ्य चौकी

१९ माघ २०७६, आईतवार ०७:५१
नेपाल सरकारको मापदण्ड अनुसार निर्माण भएको उक्त भवन २०७५ सालमै निर्माण सम्पन्न भए पनि हालसम्म प्रयोगमा आउन सकेको छैन । संघीय शहरी विकास तथा भवन निर्माण कार्यान्वयन इकाई सुर्खेतले निर्माण गरेको उक्त भवन २०७५ पुष १९ गते नै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो । १९ कोठा भएको उक्त भवन स्वास्थ्य चौकीले सञ्चालनमा ल्याएको छैन ।

सम्बन्धित शीर्षक