राष्ट्रिपति रनिङ शिल्डका लागि छनोट शुरु

कर्णालीपत्र संवाददाता १८ माघ २०७६, शनिबार १०:५४

सुर्खेत । फागुनको दोस्रो साता हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि वीरेन्द्रनगर नगरपालिकाले छनोट शुरु गरेको छ । शुक्रबार वीरेन्द्रनगरको रंगशालामा एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समितिसँगको समन्वयमा छनोट खेल शुरु गरेको हो ।

जिल्लाका प्रत्येक स्थानीय तहले आफ्नो खेलाडी छनोट गर्ने क्रममा वीरेन्द्रनगर नगरपालिकाले पनि शुरु गरेको हो । छनोट खेलमा शुक्रबार नगरपालिकाभित्र रहेका सरकारी तथा निजी विद्यालयको उत्साहजनक सहभागिता रहेको थियो । तीन दिनसम्म हुने छनोटमा झण्डै एक हजार विद्यार्थीहरुले सहभागिता जनाएको पूर्व खेलाडी तथा छनोटकर्ता सागर पोखरेलले जानकारी दिए । एक सय मिटरदेखि

तीन हजार मिटरसम्मको दौड, हाई तथा लङ जम्प, ट्रिपल जम्प, भलिवल, कपडीलगायतका विभिन्न खेलहरुबाट प्रत्येक खेलमा २–२ जनाले सहभागिता जनाउने उनको भनाई थियो ।
चौकुने गाउँपालिकाको बिजौरामा हुने प्रतियोगिताबाट जिल्लाको एउटा टिम बन्ने पनि उनको भनाई छ । उक्त टिमले प्रदेशस्तरीय प्रतियोगिता खेलेर प्रदेशस्तरीय टिम बन्ने र उक्त प्रदेशस्तरीय टिमले अन्य प्रदेशका टिमसँग खेल्ने उनको भनाई रहेको छ ।

One thought on “राष्ट्रिपति रनिङ शिल्डका लागि छनोट शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-10_19)

१८ माघ २०७६, शनिबार १०:५४