कोरिया जाने सपना टिप्परले उडायो

कर्णालीपत्र संवाददाता १५ माघ २०७६, बुधबार ०९:१४

सुर्खेत । दुर्गम जिल्ला कालीकोटबाट कर्णाली प्रदेश राजधानी सुर्खेत झरेका केशर सिंह गाउँको सामान्य घरपरिवारमा हुर्केका युवा थिए । घरमा विविध खाले समस्या झेल्दै आएका उनलाई प्रायः युवाहरूको रोजाईमा परेको ‘रोजगार अनुमती प्रणाली (इपिएस)’ मार्फत कोरिया जाने ठूलो लक्ष्य थियो ।

कक्षा १२ सम्मको अध्ययन पुरा गरि कालिकोटबाट वीरेन्द्रनगरमा आएका उनले कोरियन भाषाको तयारी कक्षा पढे । मेहनती र लगनशिलका रूपमा आफ्नो छवी बनाएका केशरले सँगै सशस्त्र प्रहरी वलको असइको परिक्षा पनि तयारी गरे । केही समय अघि बाँकेको नेपालगञ्ज गएर असइको परिक्षामा सामेल भएका सिंह लिखितमा सफल त भए तर मौखिम परिक्षामा फालिए । सशस्त्र प्रहरीमा रहेर देशमै बसेर राष्ट्रको सेवा गर्ने आफ्नो लक्ष्य पुरा नभएपछि २० वर्षिय केशर सिंहको सपना थियो– कोरिया गएर मनग्य पैशा कमाएर आमाबाबु र घर परिवारमा खुशी ल्याउनु । गत वर्ष दुर्गम जिल्ला कालीकोटबाट कर्णाली प्रदेश राजधानी सुर्खेत झरेका सिंह कोरिया जाने अन्तिम लक्ष्यका साथ भाषा पढ्दै गरेका थिए ।

सोमबार बिहान कालिकोटको महावै–३ को सिमखेतमै रहेका आफ्ना बुवा लालबहादुर सिंहसँग कोरिया भाषा पढिरहेको र भाषा परीक्षाको आवेदन खुलेपछि परिक्षामा जसरी पनि नाम निकालेर कोरिया जाने अन्तिम लक्ष्य सुनाउँदै घरमा दुःख गर्ने समय धेरै नभएको आश्वाशन दिएका थिए । तर दुर्भाग्यवस मंगलबार बिहान वीरेन्द्रनगर–४ गौतम चोकमा उनको कोरिया जाने सपनामा समेत सँधैका लागि पूर्णबिराम लागेको छ । भे १ ख २२४२ नम्बरको टिप्परले सिंह चढेको भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घटनास्थलमै उनको मृत्यु भएको हो ।

मंगलबार बिहान साढे ८ बजे महावै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले मृतकका बुवा लालबहादुर सिंहलाई फोन गरेर भने, ‘तपाईंको छोरा सिकिस्त बिरामी छ । अहिले नै सुर्खेत हिड््नु प¥र्यो ।’ त्यो कुरा सिंहका बुवाले पत्याएनन् । हिजो मात्र कुरा भएको अहिले कसरी बिरामी हुन्छ भनेरर उल्टो जवाफ फर्काए । गाउँपालिकाका अध्यक्ष सिंहले अलि रिसियस केस हो चाँडो आउनु प¥र्यो भन्दा मृृतकका बुवा झस्किए र त्यतिबेलासम्म गाउँका अन्य मान्छे घरमा नै आइसकेका थिए । उनको मन लाग्यो अब छोरा रहेन । मृतकका बुवा सिंहले केही कुरा नगरी गाडी चढ्न दुई घण्टाको बाटो हिडेंर कर्णाली राजमार्गको सेरावाडा पुगेँ । उनी सुर्खेत आउँदै गर्दा भने, ‘हिजो (सोमबार) बिहान कोरिया जाने कुरा गरेको थियो ।’ उनले भने, ‘बिहान बिरामी छ भनेर फोन आउँदा मैले पत्याउन नैं सकिन ।’

मृतक सिंहका बुवाका अनुसार छोराले कोरिया जाने ठुलो सपना बोकेर भाइबैनीलाई कोरिया गएर राम्रो पढाउँछु भन्ने गरेका थिए । ‘उ सधैँ कोरिया जान्छु भन्थ्यो ।’ उनले भने,‘कोरिया गएर भाइबहिनीलाई पढाउने उसको ठूलो सपना थियो । तर पापी ट्रिप्परले सबै खाइदियो ।’

गत, साल कोरिया जाने उद्देश्यले कोरियन भाषा अध्यायन शुरू गरेका सिंहले केही महिना अघि नेपाल प्रहरीको असइ बन्ने चाहना राखेपछि कोरिया जाने सपनालाई थाँती राखे । कोरियन भाषा छोडेर बीचमा सशस्त्र प्रहरी वलको असईका लागि परिक्षा दिएको मृतक सिंहकी फुपुु नाता पर्ने पार्वती सिंहले बताइन् । ‘कोरिया जाने भनेर गत साल कोरियन भाषा पढीरहेको थियो ।’ उनले भनिन्, ‘बीचमा सशस्त्र प्रहरी वलमा असइको भर्ना खुलेपछि कोरियन भाषा पढ्न छाडेर असइ बन्न कोशिष गरेको थियो । तर, अन्तिममा मौखिकमा फालियो ।’

मध्यपश्चिम विश्वविद्यालयमा शिक्षा शास्त्र संकायको स्नातक तह (बिएड) पहिलो वर्षमा अध्ययनरत सिंह कोरिया जाने सपना बुनेर कोरियन भाषा कक्षा लिइरहेका थिए । कोरिया गएर धन कमाएर आफ्ना भाइ बहिनीलाई राम्रो शिक्षा दिने विषयमा आफुहरूसँग कुरा गर्ने गरेको छिमेकी देउला सिंह ठकुरीले बताए । ‘हामीसँग बस्दा सधै कोरिया जाने कुरा गथ्र्यो ।’ उनले भने, ‘कोरिया भाषा परीक्षा कहिले खुल्ला भनेर सोधिरहन्थ्यो ।’

गोली चल्दा ८ घाइते

ट्रपरको गम्भीर लापवाहीले गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहलाई किचेर मारेको भन्दै स्वस्फूर्त रूपमा बजनार बन्द गर्ने र सार्वजनिक सम्पत्ती तोडफोड गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनालाई बढी चोट लागेको कर्णाली प्रदेश अस्पतालले जानकारी दिएको छ । घाइतेको टाउँको, खुट्टा र छातीमा गोली लागेको अस्पताल स्रोतले जनाएको छ ।

तर जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रूप लिँदा प्रहरीले तीन दर्जन राउण्ड हवाई फायर गरेको स्विकारेपनि प्रदर्शनकारीहरूलाई गोली भने अज्ञात समूहले चलाएको आरोप लगाएको छ । ‘हामीले ट्रिपरको ठक्करबाट घटनास्थलमा मृत्यु भएका केशरको लाश उठाउने क्रममा ग्याँसगन बाट २१ राउण्ड र पछि ११ राउण्ड गरे ३२ राउण्ड हवाई फायर गरेका हौं ।’ सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले भने, ‘मृतकका आफन्त लगायतका ३÷४ हजारको संख्यामा आएका प्रर्दशनकारीको समुहले प्रहरी माथि नै ढुङ्गामुडा गर्दा प्रहरीले नियन्त्रणमा लिन हवाई पायर गर्नु परेको हो ।’ मंगरबार राती घटनाका बारेमा जानकारी दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतले जारी गरेको विज्ञप्ती अनुसार प्रदर्शनकारीलाई नियन्त्रण लिनेक्रममा २२ जना सुरक्षाकर्मीलाई सामान्य चोट पटक लागेको छ ।

ट्रिपर चालक वीरेन्द्रनगर नगरपालिका–१० पदमपुर सुर्खेतका २५ वर्षीय राजकुमार बोहरा र ट्रिपर जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको उल्लेख गरेको सुर्खेत प्रहरीको विज्ञप्ती भन्छ, ‘प्रहरीको हवाइ फायरमा आन्दोलनकारीतर्फ सान्नि त्रिवेणी गाउँपालिका–२ कालीकोट २३ वर्षीय धिरबहादुर बुढाको बायाँ खुट्टामा मात्रै सामान्य चोट लागेकाले कर्णाली प्रदेश अस्पतलामा उपचार भैरहेको छ । ’
प्रहरीका अनुसार ट्रिपरको ठक्करबाट ज्यान गएका सिंहको लास पोष्ट मार्टमका लागि अहिले प्रदेश अस्पतालमा राखिएको छ ।

यसरी किचिए केशव
सुर्खेतको वीरेन्द्रनगरमै कोरियन भाषा पढिरहेका केशव हरेक दिन बिहान ८ बजे मात्रै कोठाबाट निस्कने समयमै मंगलबार पनि कोठाबाट भाषाको कक्षा लिन भन्दै निक्सेका थिए । कोठाबाट निस्कने बित्तिकै कालीकोट घर जान लागेकी ठूली मुमालाई कालिकोट जाने गाडी चढाउने भन्दै नजिकै रहेको उनको कोठा नजिकै पुगेर सडक छेउमा बाइक रोकेँ । फुपु अनिता सिंहलाई कोठा बाहिरको सडकमा पुगेको खबर गरेँ । बाइकमा नै बसेका सिंहले फोन गर्दागर्दा पछाडीबाट आएको टिप्परले ठक्कर दियो । दाइने हातमा चोट लागेका उनी सडकमा ढलेँ । सडकमा ढलेका सिंहलाई टिप्परले ब्याक गरेर मा¥र्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-10-16)

१५ माघ २०७६, बुधबार ०९:१४