कर्णाली प्रदेश सभा माघ २४ गते शुरू

कर्णालीपत्र संवाददाता १३ माघ २०७६, सोमबार १५:२५

सुर्खेत ।कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ २४ गतेबाट शुरू हुने भएको छ । प्रदेश सरकारको बुधबार बसेको बैठकले हिउँदे अधिवेशन माघ २४ गतेबाट बस्ने निर्णय गरेको हो ।
‘कर्णाली प्रदेश सभाको पाचौँ (हिउँदे)अधिवेशन माघ २४ गते आह्वान गर्ने निर्णय भएको छ ।’ सरकार प्रवक्ता तथा भूमी, कृषि तथा सहकारी मन्त्री बिमला केसीले भनिन्, ‘हिउँदे अधिवेशन बोलाउन सरकारले प्रदेश प्रमुखसँग सिफारिस गर्ने छ ।’

कर्णाली प्रदेश पर्यटन बोर्ड गठन

कर्णाली प्रदेश सरकारले कर्णालीपर्यटन बोर्डको गठन गरेको छ । बुधबार बसेको बैठकले पर्यटन बोर्डको गठन गरेको प्रवक्ता केसीले बताइन् । ‘दशवटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी ११ सदस्यीय बोर्ड गठन गरिएको छ ।’ उनले भनिन्,‘बोर्डले कर्णाली पर्यटनको गुरूयोजना निर्माण गरेर समग्र कर्णालीको पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउने छ ।’

सरकारले गठन गरेको बोर्डमा बबिकिशोर गुरूङ (डोल्पा), ललितजङ्ग महत (जुम्ला), दानसिंह कार्की (मुगु), बेदबहादुर शाही (जाजरकोट), मर्मजङ्ग बम (कालिकोट) र लैकु लामा (हुम्ला)लाई सदस्यका रूपमा नियुक्त गर्ने निर्णय गरेको मन्त्री केसीले बताइन् । यसैगरी विष्णुप्रसाद शर्मा (दैलेख), पहलसिंह घर्ती मगर (रूकुमपश्चिम), लोकबहादुर हमाल (हुम्ला), चिन्तामणि शर्मा (सुर्खेत) र ईश्वरी बुढाथोकी (सल्यान) लाई सदस्यमा नियुक्त गरिएको प्रवक्ता केसीले बताइन् ।

विभिन्न कार्यविधि पारित

मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा कानूनी सहायता सम्बन्धी कार्यविधि २०७६ र विपद् जोखिम बीमा सम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेको छ । ‘कानूनी सहायता सम्बन्धी कार्यविधि अनुसार २० जना सहजकर्ता नियुक्त हुनेछन् ।’ उनले भनिन्, ‘१० वटा जिल्लामा प्रमुख सहजकर्ता र १० जना स्थानीय तहमा सहजकर्तामा नियुक्त हुनेछन् ।’

त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा कर्णालीप्रदेश खानी अन्वेषण तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, कर्णाली प्रदेश वाणिज्य सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । कर्णाली प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको मन्त्री केसीले जानकारी दिइन् ।

भौतिकपूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा कर्णालीप्रदेश पूर्वाधार विशेष कार्यक्रम सञ्चालनतथाव्यवस्थापनकार्यविधि २०७६ (प्रथम संशोधन) गर्ने, आर्थिक मामिलातथा योजनामन्त्रालयको प्रस्तावमाआर्थिक वर्ष २०७७/७८ मा समपूरक तथाविशेष अनुदानबाट सञ्चालनगर्ने योजनातथाकार्यक्रम स्वीकृत गर्ने निर्णय गरिएको छ । मूलतःआगामीवर्षबाट समपूरक तथाविशेष अनुदानबाट सञ्चालित योजनालाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाउने योजनानिर्माण गरेको छ ।

त्यसैगरी बैठकले कर्णालीप्रदेशमाकार्यरत कर्मचारीहरूलाई प्रोत्साहनभत्ताउपलब्ध गराउने, कर्णालीप्रदेशकाविमानस्थलहरूको विस्तार तथा स्तरोन्नतिगर्ने, पचालझरना गाउँपालिका–५ कालिकोट बस्ने स्वर्गिय खेलाडी समिपुरा वडेकाबुबा रङ्गे नेपालीलाई एक लाखआर्थिक सहयोग रकमउपलब्ध गराउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपमेयर दर्शनाको प्रस्टीकरणः ‘म लुकेकी छैन, बिरामी छु’

१३ माघ २०७६, सोमबार १५:२५
एक कार्यक्रममा लागि गएको कात्तिकमा अमेरिका पुगेर सम्पर्कविहीन भएकी नेपालीले आइतबार सामाजिक सञ्जालमा लामो स्ट्याटसले लेख्दै आफू नलुकेको बरू बिरामी भएर थला परेको प्रस्टीकरण दिएकी छन ।

सम्बन्धित शीर्षक