मुगुमा जिप दुर्घटना, सातजना घाइते

कर्णालीपत्र संवाददाता ४ माघ २०७६, शनिबार १६:०१

मुगु । जिल्लाको उत्तरी क्षेत्रको सोरु गाउँपालिका–६ को कुलाहामा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन । सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट सिपतर्फ आउँदै आउँदै गरेको लु १ ज ३९५३ को जिप शुक्रबार दिउँसो १ बजे सडकबाट करिब ४५ मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरूमा सोरु गाउँपालिका, गिलाहा गाउँकी दलना बम, बन्जाह गाउँका धर्मबहादुर मल्ल, लिब्रुकी कमला शाही, नुवाकोट गाउँकी दर्शनादेवी शाही, राष्ट्रिय वाणिज्य बैंक सोरुकोट शाखाका लेखापाल तेजिन्द्र आचार्य, जुम्लाकी उषा भण्डारी र जिप चालक प्रकाश बश्याल रहेको छन ।

घाइतेहरूलाई घटनास्थालबाट ट्रयाक्टरमार्फत उद्धार गरेर प्राथामिक उपचारका लागि सिप गाउँमा रहेको स्वास्थ्य केन्द्रमा ल्याई प्राथमिक उपचार भइरहेको अनमी सरिता शाहीले जानकारी दिइन । घाइतेहरूको थप उपचारका लागि जिल्ला सदरमुकाम गमगढीबाट जिल्ला अस्पतालको एम्बुलेन्स पठाइएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । घाइतेमध्ये कमला शाहीबाहेक अन्य ६ जनालाई गम्भीर चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मी शाहीले बताइन । जिप दुर्घटना भएको स्थान मुगुको सदरमुकाम गमगढीबाट सवारी साधनमा तीन घण्टा सडक दूरीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-10-05)

४ माघ २०७६, शनिबार १६:०१