वर्षा र हिमपातले जनजिवन ठप्प

कर्णालीपत्र संवाददाता ४ माघ २०७६, शनिबार १०:३४

कर्णालीपत्र जिल्ला ब्यूरो
सुर्खेत, ४ माघ
बिहीबारदेखि परेको अविरल वर्षा र हिमपातका कारण कर्णालीको जनजिवन प्रभावित भएको छ । कर्णालीका पाहाडी जिल्ला हुम्ला, मुगु, डोल्पा र जुम्लामा परेको हिमपातले बैंक, सरकारी कार्यालय र विद्यालयको पठनपाठन ठप्प भएको छ भने खाना पकाउने ग्याँससमेत जमेको छ ।

चौथो पटक हिमपात

हुम्लामा चौथो पटक हिमपात भएपछि हवाई सेवा बन्द भएको छ । बाक्लो हिमपातका कारण हुम्ला जिल्लाका उत्तरी नाम्खा गाउँपालिकाको जनजिवन प्रभावित भएको हो । पहिलेको हिउँँ पग्लिन नपाउदै पुनः हिमपात भएपछि जिल्लामा दुई दिनदेखि हवाई सेवा प्रभावित भएको स्थानीयले जनाएका छन्् । राष्ट्रिय सडक सञ्जालले नजोडिएको जिल्ला हुम्लामा हवाई सेवा अवरुद्ध हुँदा स्थानीयको बाहिर आउजाउ रोकिएको छ । धावनमार्गमै बाक्लो हिउँँ जमेपछि हुम्लाको सिमकोट, विमानस्थलमा उडान अवतरण ठप्प छ । उडान नभएपछि जिल्लामा भित्रिने दैनिक उपभोग्य वस्तु नेपालगञ्ज र सुर्खेतमै
रोकिएका छन्।

निजी क्षेत्रका विमान कम्पनीले हुम्ला जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट काग्रो र यात्रु उडान भर्दै आएका थिए । यसैबीच हुम्लाको सदरमुकाम सिमकोट दुई सातादेखि इन्टरनेट सेवा ठप्प भएको छ । ल्याण्डलाइन, तथा एडिसियल सेवा दुई साता इन्टरनेट सेवा अवरुद्ध भएको छ । इन्टरनेट सेवा ठप्प हुदाँ जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका कामनै प्रभावित भएका छन् ।

बैंकिङ सेवा ठप्प

डोल्पामा हिमपातका कारणले बैकिङ सेवा अबरुद्ध भएको छ । बिहिवार बिहानैदेखि शुरु भएको हिमपात र बर्षात शुक्रबार साँझसम्म रोकिएको छैन । दुई दिनदेखि घाम नलाल्दा सोलार सिस्टमले काम नगरेका कारणले बैकिङ कारोबार बन्द भएको हो । डोल्पामा दिउँसोको समयमा बत्ति नआउने र सोलार काम नगर्दा त्रिपुरासुन्दरी नगरपालिका–१ मा रहेको माछापुच्छ्रे बैकिङ सेवा दिन नसकेको र सेवाग्राहीहरू त्यसै फर्किएको शाखा प्रबन्धक श्याम श्रेष्ठले बताए । ‘सोलार सिस्टमले काम नगर्दा बैकिङ सेवाको काम दिन सकेनौं ।’ उनले भने, ‘घाम नलाग्दासम्म सेवा दिन सक्ने अवस्थामा छैनौं ।’ डोल्पामा रहेका सिटिजन्स, बाणिज्य र नेपाल बैंकको सेवा समेत प्रभावित भएको छ ।

जुफाल विमानस्थल बन्द

हिमपातका कारणले दुई दिनदेखि जुफाल विमानस्थल बन्द भएको छ । हिमपात र बर्षातका कारण मौसममा खराबी आएका कारणले जुफाल विमानस्थल बन्द भएको हो । मौसममा खराबी आएकै कारण नेपालगन्ज विमानस्थलदेखि दुई दिन यता कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । डोल्पाली जनताको भरपर्दाे यातायातको साधनको रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि सयौँ जना यात्रु विमानस्थलमै अलपत्र परेका छन्् ।

सरकारी कार्यालय प्रभावित

निरन्तर आएको झरीका कारणले जाजरकोट र रुकुम पश्चिमका विद्यालय तथा सरकारी कार्यालयको काम प्रभावित भएको छ । चिसो यामसँगै परेको वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भएको हो ।
चिसोका कारणले सममुदायिक विद्यालय, निजि विद्यालय, सदरमुकाममा रहेका दर्जन कार्यालयमा समेत चिसोका कारणले सेवा प्रभाहमा समस्या आएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

यातायातका साधन ठप्प

डोल्पा सडकखण्ड भित्र सञ्चालनमा रहेका सबै यातायातका साधनहरू अविरल पानीका कारण अवरुद्ध भएको छ । यस्तै, सातै वटा स्थानीय तहमा चल्ने यातायातका साधनहरू झरीका कारणले प्रभावित भएका प्रमुख जिल्ला अधिकारी पन्तले बताए । ‘जाजरकोटदेखि नेपालगन्ज तथा सुर्खेत जाने यातायातका साधनहरू भने निर्वाध रुपमा चलेका छन्् ।’ उनले भने,‘डोल्पा सडकखण्डमा भने यातायातको साधन चल्न नसकेका छैनन् ।’

खाना पकाउँने ग्याँस जम्यो

हिमपातका कारणले निकै चिसो बढेका कारणले कर्णालीका हिमाली जिल्लामा खाना पकाउने ग्याँस समेत जमेर समस्या भएको जुम्ला चन्दननाथ–१ का स्थानीय नरी कठायतले बताए । ‘बरफ जमेर धारा बन्द हुँदा खानेपानी पाउन धौ–धौ भएको छ ।’ उनले भने,‘धाराबाट पानी पग्लाउन पानी तताएर पाइपमा खन्याउनुपर्छ तर पानीको विकल्प हिउँँ प्रयोग गर्ने गरेका छौँ ।’

हिमपातले हवाई र जुम्लाबाट चल्ने लामो तथा छोटा दुुुरीका यातायातका साधन नचलेपछि सुर्खेत र नेपालगन्ज जाने यात्रु लाई सास्ती भएको तिला कर्णाली यतायात बस समितिका अध्यक्ष मिनबहादुर थापाले बताए । हिउँँले यहाँका किसानले लगाएको हिउँँदे बालीदेखि स्याँउ बिरुवालाई पानीको मात्र बढेकोले राम्रो उत्पादन हुने तातोपानी गाउँपालिका–३ का डिल्ली रावतले बताए । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको आजको तापक्रम माइनस १० डिग्री सेल्सियस झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहेको कार्ड छपाउन जन्मदर्ता अनिवार्य

४ माघ २०७६, शनिबार १०:३४
‘बिहेमा निम्तो कार्ड बाँड्ने चलन छ । प्रेसमा छपाईका लागि बरबधु दुवैको तर्फवाट कार्ड छपाई हुनछ । यदि केटाकेटीको उमेर २० वर्ष मुनी भए हामी विहेको कार्ड छाप्नेछैनौँ’, शारदा नगरपालिका–२ खलंगामा रहेको गीता अफसेट प्रेसका सञ्चालक प्रकाशसिह थापाले भने । बालविवाह सामाजिक रुपमा अपराध भएकाले यसको अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट योगदान आवश्यक रहेको उनको भनाई छ ।