के गर्दैछन् जेल ब्रेकका कमाण्डर ?

कर्णालीपत्र संवाददाता २ माघ २०७६, बिहीबार ११:४५

तत्कालीन जेल ब्रेकका कमाण्डर रहेका झकबहादुर मल्ल हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा सुर्खेत जिल्लाका सह–इन्चार्ज रहेका छन् । उनले कुनै पनि सरकारी लाभको पद पाएका छैनन् ।

बिन्दमान बिष्ट

बिन्दमान बिष्ट अहिले कर्णाली प्रदेश सभा सदस्य छन् । तत्कालीन सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टलाई पराजय गरेर सुर्खेतको क्षेत्र नं. २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट उनले २०७४ साल मंसिर १० गते सम्पन्न निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र एकीकृत माओवादी केन्द्रको चुनावी गठबन्धनबाट निर्वाचित भएका हुन् । जेल ब्रेक गर्दा अखिल (क्रान्तिकारी) को सुर्खेत जिल्ला अध्यक्ष रहेका उनी पछि केन्द्रीय महासचिव भए ।

विष्णु चौधरी

बर्दियाका विष्णु चौधरी हाल राष्ट्रिय थारु आयोगका अध्यक्ष छन् । २०६४ सालमा संविधान सभाको निर्वाचनमा बर्दिया जिल्ला निर्वाचन क्षेत्र–३ विजयी भए । २०६८ सालमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका उनी पार्टीकै सिफारिसमा संविधानले व्यवस्था गरेको आयोगको अध्यक्ष बनेका हुन् ।

गणेश भण्डारी

चलचित्र बोर्डका अध्यक्ष भइसकेका सुर्खेतका गणेश भण्डारी अहिले पार्टीमै सक्रिय भए पनि कुनै जिम्मेवारीमा छैनन् । भण्डारी हाल अधिकांश समय घरकै काममा संलग्न रहेका छन् ।

देवीराम देवकोटा

देवीराम देवकोटा

जेल ब्रेकका एक्ला पत्रकार कालीकोटका देवीराम देवकोटा अहिले मूलधारको पत्रकारितामा सक्रिय छन् । लामो समय थाहा सञ्चार रेडियोमा कार्यरत देवकोटाले हाल आफ्नै स्वामित्वको यार्सा न्युज अनलाइन सञ्चालन गरिरहेका छन् ।

अखिल (क्रान्तिकारी)को तत्कालीन कालीकोट जिल्ला अध्यक्ष लोकजंग शाही हाल सरकारद्वारा प्रतिबन्धित नेकपा ‘विप्लव’ निकट भेरी कर्णाली ब्यूरो सदस्य छन् । जनयुद्धले लिएको लक्ष्यलाई माओवादीले छाडेको बताउँदै गृह जिल्ला कालीकोटमा अर्धभूमिगत अवस्थामै नेकपा ‘विप्लव’ को जिल्ला इन्चार्जको समेत भूमिकामा छन् ।

सुर्खेत जेल ब्रेकका सदस्य दलबहादुर घर्तीमगर र पुष्प चौधरी २०५९ सालमा नै जनयुद्धक्रमा सहीद भइसकेका छन् । नवराज खड्का र कृष्ण बडुवाल कैलालीको लम्कीमा व्यापार व्यवसायमा सक्रिय रहेका छन् भने रविन्द्र बयक, उपेन्द्र बिक सुर्खेतका पश्चिममा खेती किसानको काममा लागेका छन् ।
रामबहादुर रसाईली काठमाडौंमा होटल व्यवसाय गरिरहेका छन् । उनको अहिले राजनीतिभन्दा व्यवसायमा रुची बढी छ । भने सुर्खेतका गोपाल शर्मा अहिले रोजगारीको सिलसिलामा भारतमा छन् ।
जिम्मेवारी नपाउँदा पार्टी छोडे

लोकबहादुर चलाउने

४४ वर्षको उमेरमा नै जनयुद्ध पूर्व २०५१ सालमा राष्ट्रिय जनमोर्चाको पूर्णकालीन कार्यकर्ता भएर लागेँ । २०५२ सालको जनयुद्ध घोषणापछि भूमिगत नै भएर काम गरें । छापामार दलको कमिसारको भूमिका भएको बेला २०५४ साल चैत्र ३१ गते रुकुमबाट मलाई प्रहरीले गिरफ्तार ग¥र्यो । जाजरकोट जेलमा ३ वर्ष राखेँपछि मेरो स्वास्थ्यमा केही खराबी आयो । उपचारका क्रममा मलाई सुर्खेत कारागारमा सरुवा गरियो ।

२०५८ साल माघ २ गतेका दिन सबै मिलेर जेलब्रेक ग¥र्यौ । जेल ब्रेकपछि पनि म पार्टीमा नै सक्रिय थिएँ । शान्ति पक्रियापछि मेरो स्वास्थ्य अवस्था खराब हुदैँ गयो । भएको सम्पत्ति पनि स्वास्थ्य उपचारमा नै सकियो । पार्टीमा कुनै जिम्मेवारी दिइएन । मेरो स्वास्थ्य अवस्था खराब भएका बेला सगैँ लडेका महेन्द्रबहादुर शाही मुख्यमन्त्री भए । त्यसपछि केही उपचारमा सहयोग हुन्छ कि भन्ने आशले २०७४ साल फागुन ४ गते मुख्यमन्त्रीको निवासमा पुगें तर उहाँले चिन्दिन भनेपछि राति नै म निकालिएँ ।

मेरा तीन वटा छोरी छन् । सबैको विवाह भइसकेको छ । श्रीमतिको मृत्यु भएपछि छोरीको सहारामै बाँचेको छु । जग्गा जमिन उतिबेला नै पार्टीकरण गरेको थिएँ । सबै पार्टी भनेर लागेको हुँ म । पार्टीले कुनै जिम्मेवारी नदिँदा २०७६ साल असोज १ गते नेपाली कांगेसमा प्रवेश गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-10-03)

२ माघ २०७६, बिहीबार ११:४५