रैथाने बालीको संरक्षणमा जोड देऊ

कर्णालीपत्र संवाददाता २८ पुष २०७६, सोमबार १३:२७

स्थानीय र परम्परागत बालीको विनाशले अनाज र तरकारीको तिक्खर स्वाद मात्र होइन पोषण र गुण पनि हराउँदै गएको छ । पहिलो पटक, नेपालमा सन् १९६० को दशकमा उन्नत जातको बीऊ भित्रिएको हो, वर्णसंकर (हाइब्रिड) बीऊ देखिन थालेको त १९९० देखि मात्र हो । तर, यति छोटो अवधिमा आयातित बीऊबिजन देशका कुनाकन्दरासम्म फैलँदा भएका मध्ये आधाभन्दा बढी रैथाने बीऊ मासिइसकेको छ । अहिले धानमा १० प्रतिशत, गहुँमा ५ प्रतिशत, मकैमा १५ प्रतिशत, तरकारी बालीमा १५ प्रतिशत जति मात्रै रैथाने बीऊमार्फत् खेती भइरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरूको अनुमान छ । १५–२० वर्षअघिसम्म एउटै गाउँमा ५० प्रकारसम्मका धानबाली पाइने नेपालमध्ये अन्य क्षेत्रमा नपाइने धान तथा अन्य बाली पाइने स्थान कर्णाली मात्र हो ।

नार्कअन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन ब्यांक) का अनुसार हाइब्रिडको जगजगीले धान मात्रै होइन, मकै, गहुँलगायतका अन्नबाली, तरकारी, फलफूल एवम् दलहन र तेलहन बालीका रैथाने बालीका प्रकारमा कमी हुँदैं गएका छन् । केही वर्ष अघि कर्णालीका हरेक घरमा पाइने दजनौं धानका प्रजाती अहिले आधाभन्दा बढीले कमेका छन् । अहिलेपनि हाम्रा गाउँहरूमा कोदो, फापर, चिनो, कागुनो, उवा, जौं जस्ता अनाजमा भने धेरैजसो स्थानीय बीऊ नै छन् भन्ने सरकारी भनाइ छ । तर वास्तविकतामा कुन बालीका कति प्रजाती हाम्रा रैथाने हुन् भन्नेमा कहिं कतैबाट समेत अध्ययन हुन सकिरहेको छैन । विश्व खाद्य तथा कृषि संगठनले पनि गएको २०औं शताब्दीमा मात्र विश्वको बाली विविधतामा पुर्ति गर्नै नसकिने गरी करीब ७५ प्रतिशत बाली नाश भइसकेको उल्लेख गरेको छ । नेपालमै पनि ५० प्रतिशतभन्दा बढी रैथाने जातका बाली नाश भइसकेको नार्कको आँकलन छ । यद्यपि, विभिन्न बालीका ३० हजारभन्दा बढी रैथाने जात अझै धेरथोर नेपाली माटो त्यसमा पनि कर्णालीकै भूभागमा रहेको अनुमान छ । स्थानीय हावापानी अनुकूलका, रोग, किरा सहने बाली मासिंदै जानु खाद्य सुरक्षाका लागि मात्र होइन जैविक विविधताकै दृष्टिले चिन्ताजनक मानिन्छ । बाली विविधतामा ह्रास आएसँगै नेपाली माटोको विशेषता र विशिष्ट उत्पादनसमेत हराउन थालेको छ । स्थानीय र परम्परागत बालीको विनाशले अनाज र तरकारीको तिक्खर स्वाद मात्र होइन पोषण र गुण पनि हराउँदै गएको छ । उत्पादन धेरै हुने लोभका कारण खेतबारी ‘विकासे’ जातका तरकारी तथा फलफूलले ढाकिएका छन् ।

खाने मुख र बजारको माग बढेपछि धेरै अनाज र तरकारी फलाउनुपर्ने बाध्यताले किसानलाई ‘विकासे’ बीऊ लगाउन हौस्याएको प्रतिफल अहिले हाम्रा रैथाने बाली लोभ हुँदँै गएका छन् । यसलाई मध्यनजर गर्दै कर्णालीका केही स्थानीय तहले रैथाने बालीको शुरु गरेका खबर आएका छन् । प्रदेशको आन्तरिक आम्दानीको ठूलो क्षेत्र ओगटेको कृषिको महत्व भनेकै रैथाने बिऊ नै हो । त्यही बिऊको नाश हुदैं गए भोलिको हाम्रो आन्तरिक आम्दानीको दुरावस्थाका बारेमा हामीले कल्पनै गर्न सक्दैनौं । हुन त, प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेश घोषणा गर्दै रैथाने प्रजातीलाई संरक्षण र संवद्र्धन गर्ने नीति अक्तियार पनि गरेको छ । तर त्यो नारालाई कुनै मन्त्रालय र निकायमा मात्रै सीमित नराखेर समग्रः कर्णाली प्रदेश सरकार र सबै स्थानीय तहकै अभियानका रुपमा लिने हो भने हामी भोलिका हाम्रा सन्ततिलाई कर्णालीको जैविक अवस्थालाई पनि हस्तान्तरण गर्न पाउने छौं । होइन भने हामीसँग हाम्रो जैविकता र रैथाने बालीनालीलाई पनि बुढेसकाल लाग्नेछ भन्नेमा सचेत बनांै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-09-29)

२८ पुष २०७६, सोमबार १३:२७

सम्बन्धित शीर्षक