पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस

कर्णालीपत्र संवाददाता २७ पुष २०७६, आईतवार १४:३२
डा. दीपक गौतम

जयन्ती भन्नाले जन्म दिनको अवसरमा मनाइने एक संस्कार हो । मरेको दिनलाई पनि मनाइन्छ । त्यस दिनलाई श्राद्ध भनिन्छ । श्राद्ध भनेको श्राद्ध गर्ने संस्कारलाई जनाउँछ । विश्वका श्रद्धाका पद्धतिहरु पृथक छन् । त्यसरी नै जयन्तीका पनि भिन्न छन् । जयन्तीले जयजयकार मनाइन्छ, उसका असल कार्यहरुको स्मृति गरिन्छ र भावी पुस्तालाई अनौपचारिक रुपमा बाढिन्छ । सिद्धान्तः जयन्तीले सद्कार्यहरु सद्गुणहरु भावी पुस्तामा सारिन्छ भन्ने विश्वास छ । सन्दर्भ पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस ।

पृथ्वीजयन्ती भन्नाले पृथ्वीनारयण शाहको जयजयगन गर्ने दिन हो । प्रत्येक पुसको २७ गतेका दिन पृथ्वीजयन्ती मनाइन्छ । राणाकालमा के गरिन्थ्यो जानकारी नभए पनि राजा महेन्द्रका पालादेखि राजामहाराजाको जयन्ती मनाउने एक विशेष दिनका रुपमा चल्दैं आएको छ । यो चलन अहिले पनि छ भने पञ्चायतकालमा पुस २७ गतेका दिन ७७ वटै जिल्लामा विशेष धुमधामका साथ मनाइन्थ्यो भने संघीय गणतान्त्रिक नेपाल बनेपछि सरकारी हैसियतबाट पृथ्वीजयन्ती मनाउने काम स्थगित गरिएको छ । तर जनस्तरमा केही पार्टी विशेष पृथ्वीजयन्तीलाई अक्षण रुपमा निरन्तरता दिइदैं छ । राप्रपाले यस वर्ष तीन दिनसम्म पृथ्वीजयन्ती मनाइरहेको छ ।

यस पृष्ठभूमिमा पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवसका बारेमा विमर्श आजको अदृश्यकर्ता बनेको हुनुपर्छ । पक्कै पनि पृथ्वीनारायण शाह नेपाल निर्माणको निर्विकल्प महापात्र हुन् । आजका आँखामा पृथ्वीनाराणलाई उनको योगदानलाई विवादका रुपमा लिइएको छ । विवाद लिनुपर्ने विषय नै हैन । नेपाली बुद्धिजीविका दृष्टिकोणहरु पूर्वाग्रही छन् । पछौटे छन् र स्वार्थी छन् । देशको निर्माण एक्लैले गर्न सक्दंैन । पृथ्वीनारायणलाई पनि हाम्रा आदर्श, वीर र कुटनीतिक पुर्खाले साथ दिए । एक्लै, पृथ्वीनारायण लडेका हैनन् । विशे नगर्चीले पृथ्वीनाराणलाई निर्माण गरेका हुन् । पक्कै पनि पृथ्वीनारायण अरु राजाभन्दा दूरदृष्टिका थिए, बहादुर थिए, त्यागी थिए, समप्रेमी थिए, त्यस प्रकारको सोच, चिन्तन र धारण थियो । नेपाल एकीकरणका अमूल्यकालिन थिए । यति मात्र हैन, पृथ्वीनारायणले कुटनीति, राजनीति, समाज, प्रशासन, सेना, व्यापारका लागि पनि भावी नेपालका लागि थुप्रै राम्रा र असल मार्गहरु कोरेका छन् । यस कारण पृथ्वीनारायण शाह नेपालका र नेपालीका राष्ट्रिय एकताका प्रतीक हुन् । उनको राजसंस्था तत्कालीन समयमा सबैभन्दा प्रवित्र दरवार, शासन र पात्रका रुपमा स्थापित थियो ।

पृथ्वीनारण शाह छोटो अवधि मात्र बाँचे । देवकोटा पनि छोटै अवधि बाँचे । पृथ्वीनाराण शाह बाँचेको भए तत्कालीन सारा हिन्दूस्थान कब्जा गर्ने रणनीति लिएका थिए । उनको कुटनीति, रणनीति, रणकौशल तथा क्रियाकलापहरुले अंग्रेजलाई भगाई हालको नेपाल र भारतलाई एउटै नेपाल हिन्दू राज्य बनाउने रणनीतिक लक्षणहरु थिए । दुर्भाग्यवश पृथ्वीनारायण शाह कालगतिले मरे । त्यो सपना पूरा हुन सकेन र आजको यो बेलायती हेपाहा तथा भारतीय हैकमवादी प्रवृतिको रणमैदान नेपाल हुने थिएन । यस्ता महान् नेपालभक्त चिन्तनको पहिचान गर्न नसक्ने दरिद्र नेपाली वुद्धिजीविहरुको के कुरा गर्ने ?

नेपाल, दुई ढुंगाको तरुल हो भन्ने पृथ्वीनारायणको मर्मस्पर्शी बिम्बले पृथ्वीनाराणलाई कुटनीतिका नेपालीप्रति निधि शासक बनाउँछ । तेत्तिस सालमा वीपीले राष्ट्रिय मेलमिलापका नारामा राष्ट्रियता, र प्रजातन्त्रका कुरा ल्याए । मदन भण्डारीले जनताले दिएको मानापाथी खाएर बस्छन् भने कम्युनिष्टलाई कुनै आपत्ती नहुने भाषण गर्दै हिड्नुमा पृथ्वीनारायण शाहको मानमर्दन गर्नु थिएन । आज पनि भारत र चीन नेपालका शक्तिशाली छिमेकी मात्र हैननन् भविष्यको महाशक्तिशाली राष्ट्रहरु बन्दैछन् । नासाको भर्खरैको तथ्याङ्कअनुसार चीन र भारतमा २० प्रतिशत वन हरित क्रान्ति भएको छ र पृथ्वीलाई हरियालीमा फर्काइदंै छ । अबको शताब्दी एसियन सेन्चुरी बन्दैं रहेको बेला अल्पविकसित नेपालको भविष्य जाने श्रीखण्ड नजाने खुर्पाको बिंड हँुदैंछ । तर, छिमेकी विकासकोे फल नेपाली जनतामा बाँढ्न सक्ने तादाम्यता नेपाली राजनीतिक अझ पुराना भनिएकामा पक्कै छैन । एमसीसीको समर्थन र वीआरआइको विरोध, यही सन्दर्भको दुष्टान हो । यस आधारमा पृथ्वीनारायण त्यसबेलाका अब्बल राजा कुटनीतिकार हुन् । आज पनि यिनी सान्दर्भिक छन् ।

पृथ्वीनाराणको समाज बसाल्ने उत्कृष्ट दृष्टिकोण थियो । ‘डाँडाको बस्ती र वेशीको खेती’को नारा बनाएका थिए । आजका समाजशास्त्रीले मात्र हैन हामीले पनि कर्णालीतिर घुम्दा केही नहुने डाँडामा घरबस्ती देख्छौँ र तल खेतमा खेती देख्छौँ । पृथ्वीनारायणले यही सामाजिक निष्कर्षबाट राजकीय नीति बनाए । त्यसकारण पृथ्वीनारायण शाह आजका सबै राजनेताभन्दा अगाडि छन् । आजका पार्टी, नेता कार्यकर्ताले खेती हुने भूमिमा पल्टिङ गरी बिक्री गरी विकास हुने सपना देखिरहेका छन् । यस कारण पृथ्वीनारायणको सपना सपना हुन् । नेपाली हावापानीमा पृथ्वीनारायणको कृषि, वस्ती र विकासका अब्बल, व्यवहारिक र कालजयी धारणाहरु नेपाल र नेपालीका लागि आज पनि सम्प्रेश्रित छन् । यति मात्र हैन पृथ्वीनारायण शाह नै नेपालको आधुनिकताका प्रणेता हुन् । उनले सेना बनाए, कार्यालय बनाए, कर्मचारी बनाए, शान्ति सुरक्षा स्थापना गरे, दरबार बनाए, पार्टी, पौवा, सत्रल, धर्मशाला घाट कुलोपैनी बनाए । काठमाडौँको कला, संस्कृति, साहित्य, सभ्यताका लागि विशेष गुठी बनाए । त्यसकारण पृथ्वीनारायण कलाप्रेमी, देशप्रेमी, भाषाप्रेमी, साहित्यप्रेमी, राष्ट्रवादी पात्रका व्यक्तित्व हुन् ।

पृथ्वीनारायणको एकीकरण आभियानमा गुरुहरुले पनि सक्रिय साथ दिएका छन् । उद्यानन्द अर्यालले पृथ्वीनारायण शीर्षक बनाएर गोर्खाली वीरताको साहित्य लेखेका छन् । स्वयम् पृथ्वीनाराणले दिव्योपदेश कृति दिएर भावी नेपाली पुस्तालाई असल कामहरु गर्न, सोच्न, प्रयोग गर्न सिकाएनन् यति मात्र हैन, पृथ्वीनारायणले नेपाली साहित्यको विकासमा पनि महत्वपूर्ण योगदान दिएका छन् । सुगौली सन्धी अघिको नेपाली विचारधारा वीरतापूर्ण धारा बनाउनु पृथ्वीनारायणकै अविस्मरणीय योगदान हो । यो धारा अहिले पनि नेपाली साहित्यमा प्रवाहशील रहँदै छ । यस सन्दर्भमा पृथ्वीनारायण वीरता, धीरता, सूरता, शौर्य र बलिदानीका स्रोत, प्रणेता र रचनागम हुन् र पृथ्वीनारायणको नेपाली भाषालाई विकसित गर्न निर्विकल्प योगदान रहेकाले पृथ्वीनारायणको जयन्ती प्रशंसनीय संस्कार हो । पृथ्वीनारायण नभएको भए आज हामी नेपाली यी सन्दर्भमा रहने थिएनौँ । नेपाल गरिव देश भए पनि विश्व सम्मानित छ । प्रकृतिले मात्र हैन नेपाली जनताको बीचैबाट पृथ्वीनारायण वीरशाली बनेर हामीलाई बनाए । पृथ्वीनारायण नभएको भए त्यसको परिकल्पना कोर्न सकिन्न । हो युद्धताका विजित राज्यका जनताका सेना तथा योद्धाका लागि ज्यादिति नै हुन्छ । यो त युद्ध विज्ञानको शाश्वत सत्य हो । तर पछि के भयो यो निर्णायक विषय हो । पृथ्वीनारायण शाह वसन्तपुर दरवारमा बसेयता नेपाली सबैलाई समान अवसर दिएको कुरा काठमाडौँको संस्कृति बचाउन विशेष अभियान थालेको कुराले देखाउँछ । पक्कै पनि पृथ्वीनारायण र बहादुर शाहको पालायता राजसंस्था पृथ्वीनारायण जस्तै कहिल्यैं हुन सकेन । विवाद, दंगाफसाद, मोजमस्ती, निरंकुश हिङ बानेको रालो भजाएर राज संस्थाले दिन गुजा¥यो र क्रमशः राष्ट्रियता कमजोर बनाउने काम त दरबारले नै गरेको छ । पृथ्वीनारायणले इसाइ धर्ममार्फत् नेपाली सभ्यता सिध्याउने रणनीति राम्ररी बुझेका थिए भने आजका अधिकांश नेताहरुले पैसाको आडमा धर्म ग्रहण गरी हिन्दूधर्मको तेजोबद गरिरहेको सन्दर्भमा पृथ्वीनारायण आज पनि आवश्यक छन् । उनको कार्यशैली टड्कारो चाहिएको छ ।

अहिले आएर राजसंस्था चाहिन्छ तर राजतन्त्र चाहिदंैन भन्नेहरु पनि देखिदैं छन् । राष्ट्रियता राजसंस्थाबिना कमजोर बन्छ भन्ने तर्क छ । रणबहादुर शाहदेखि स्खलित राजतन्त्र र संस्था त्रिभुवनका पालोमा अआउँदा राणकालीन समयमा चार सहीदलाई मुत्युदण्ड दिन सदर गर्ने त्रिभुवन नै थिए । पछि उनी कसरी प्रजातन्त्रको पिता भए ? राजसंस्था चाहिन्छ भन्नेहरुलाई प्रश्न । यसरी नै महेन्द्रले आफू राष्ट्रवादी भन्ने तर राजदरबार बेचेर स्वीजरलैन्डमा पैसा राख्ने काम गरे । त्रिभुवनले विदेशमा पैसा राख्न थालेको लाखको रकमलाई मेहेन्द्रले कराडौंमा पु¥याए । प्रजातन्त्रवादी राजा भनिएका वीरेन्द्रले त्यसलाई बढाएर अरबमा पैसा विदेशमा राखे । त्यस कारण पृथ्वी नारायणका वंशजले पृथ्वीनारायणकै दिप्योपदेशको उल्लंघन गर्नेलाई कसरी राष्ट्रियताको पहरेदारका रुपमा लिने ? राजसंस्था बिना पानी पनि निल्न सकिन्न भन्ने र पृथ्वीनारायणलाई दुश्मन ठान्ने नेपालीहरु दुवै अतिवादी हुन् । बदँलिदो नेपाली समाज चरित्रमा जन्मजात राजाको छोटो राजा बन्ने चलनले खासमा जनताको भावनाको सम्बोधन गर्न सक्दैंन । चीन, भारत, अमेरिका, जर्मनीमा कुनै राजसंस्था छैन तर उच्च विकास भएको छ ।

यस सन्दर्भमा नेपाली राष्ट्रियताको विकास, राष्ट्रिय एकताको संरक्षण, सवद्र्धन र उन्नति पृथ्वीनारायण भावनाको पूर्ण परिपालनाका साथ, बदलिँदा विश्व समाजको र नेपाली जनताको इतिहासको, संस्कृतिको सभ्यताका, जनचाहनाको सर्वाङ्गीर्ण विकास, पहुँच, अवसर र योगदानमा राष्ट्रिय एकताको मूल स्तम्भहरु अडिएका छन् । नेपाली सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, लोकतन्त्र, विकास, समृद्धि र प्रगतिमै राष्ट्रिय एकता वास्तवमा अडिएको हुन्छ । प्रत्येक नेपाली जनताको सबल, आर्थिक, मानसिक तथा भावनात्मक विकासको शृङ्खला, र सहकार्यमा राष्ट्र विकास हुन्छ । म हैन देश, म हैन हामी, कुरामा हैन काममा नबदल्दासम्म राष्ट्रिय एकता मजबुद हुन्न र पृथ्वी जयन्तीको सार्थकता यही छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटन पूर्वाधारमा ध्यान देऊ

२७ पुष २०७६, आईतवार १४:३२
संविधानतः गठन भएको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकमै पर्यटक क्षेत्र कर्णालीको समृद्धिको आधार रहेको निष्कर्षसहित २०७५ साललाई रारा कर्णाली पर्यटन वर्षका रुपमा मनाएको कर्णालीमा ४ लाख ७५ हजार १ सय २५ पर्यटकले कर्णालीमा भ्रमण गरेको तत्थ्यांक सरकारले सार्वजनिक गरेको छ । जसमध्ये बाह्य पर्यटकको संख्या २१ हजार २ सय ९१ मात्र छ ।

सम्बन्धित शीर्षक