व्यवस्थित बसपार्कको खाँचो

कर्णालीपत्र संवाददाता २४ पुष २०७६, बिहीबार ११:३७

कुनै पनि व्यवस्थित शहरका लागि आवश्यक पर्ने बसपार्क महत्वपूर्ण पक्ष हो । आधुनिक र व्यवस्थित शहरको पहिचानको रुपमा बसपार्कलाई आधारभूत पक्ष मानिन्छ । सवारी साधनलाई नियमित रुटमा सञ्चालन गर्न, यात्रुलाई सहज सवारी साधनको पहुँचसम्म पुग्न बसपार्क आवश्यक हुन्छ । शहरको विकाससँगै व्यवस्थित बसपार्कको अवधारणा पनि आउँछ । प्रसंग वीरेन्द्रनगर बजारको बसपार्कसँग जोडिएको विषय हो । साढे चार दशकअघि गुरुयोजना बनाएर आधुनिक शहरको अवधारणा अनुसार वीरेन्द्रनगरको विकास शुरु भएको हो । यो अवधिमा वीरेन्द्रनगरमा पूर्वाधारसँगै बढेको जनघनत्व अनपेक्षित छ । व्यवस्थित गुरुयोजनामार्फत् शहरीकरणको अवधारणा बनाउँदा वीरेन्द्रनगरमा बसपार्कलाई त्यति ध्यान दिएको देखिएन । वीरेन्द्रनगरको गुरुयोजना भव्य र व्यवस्थित गुरुयोजना हो । तर समयक्रमसँगै बढेको यातायातको चाप थेग्न सक्ने बसपार्कको अभाव भएको छ । साढे तीनको दशकमा सामान्य काम चलाउबाट शुरु भएको हालको बसपार्क लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन ।

लामो समयदेखि सञ्चालन भएर हाल प्रयोगविहिन भएको अवस्थामा रहेको बसपार्कको विषयमा भैरहेको विवादले झनै अन्यौल बनाएको छ । साँघुरो भए पनि व्यवस्थित गर्न निर्माण शुरु गरिएको बसपार्कको लामो समयसम्म काम पूरा हुन सकेन । काम सम्पन्न भैसकेपछि विगत ६ महिनादेखि सञ्चालनमा विवाद उत्पन्न हुँदा प्रयोगविहिन अवस्थामा पुगेको छ ।

वीरेन्द्रनगर शहर विकसित हुँदै गर्दा पूर्ववत रुपमा सञ्चालनमा आएको बसपार्कको क्षेत्रफल सानो थियो । कर्णालीको मुख्य प्रवेशद्वार मानिने वीरेन्द्रनगरमा भित्रिएका सवारी साधन थेग्न सक्ने सामथ्र्य बसपार्कमा छैन । बसपार्कलाई व्यवस्थित नगर्दे यसको क्षेत्रफलको बारेमा छलफल र बहश भैसकेको हो । विकल्पको रुपमा केही स्थानहरुमाथि छलफल चलाइएको पनि हो । तर त्यतिबेला भरपर्दो विकल्प नआउँदा पुरानै बसपार्कलाई व्यवस्थित गर्न वीरेन्द्रनगर नगरपालिका दाता गुहार्नुपर्ने बाध्य भयो ।

बसपार्क निर्माण सम्पन्न भैसकेपछि यसको सञ्चालनमा नगरपालिकालाई अनेकन व्यवधान शुरु भएको छ । पहिलो यसअघि सो क्षेत्रमा व्यवसाय गर्दे आएका व्यवसायीहरुले आफूहरुलाई प्राथमिकता दिनुपर्ने माग गर्दै लामो समयदेखि विरोध जारी राखेका छन् । दोस्रो प्रयाप्त क्षेत्रफलको अभावले सबै यातायातका साधनहरु बसपार्कबाट छुट्ने अवस्था देखिदंैन । अझ सबै यातायात व्यवसायीलाई स्थान दिन सम्भव छैन । अझ नगरविकास समितिसँग ऋण लिएर बनाइएको बसपार्कबाट नगरपालिकाले ऋण तिर्न सक्ने गरी राजस्व संकलन गर्नुपर्ने बाध्यता छ । पछिल्लो पटक यही विवाद अदालतसम्म पुगेको छ । बसपार्क टोल विकास संस्थासँग आवद्ध व्यवसायीहरुले विगतमा आफूहरुसँग गरेको सहमति नगरपालिकाले उल्लघंन गरेको भन्दै दर्ता गराएको रिटमा अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

यसअघि विकास क्षेत्रको हाल प्रदेशकोसमेत राजधानी रहेको वीरेन्द्रनगरमा व्यवस्थित बसपार्क आवश्यक थियो । भैरहेकोबाट दीर्घकालीन समस्याको समाधान सम्भव थिएन । दुरगामी सोच राखेर बसपार्कको विषयमा वैकल्पिक उपाय गर्न सकेको भए आज यो अवस्था आउने थिएन । एकातिर भैरहेको बसपार्क सञ्चालन गर्न अवरोध देखिएको छ भने अर्कोतिर बसपार्क सञ्चालन गरेर पनि यो दीर्घकालीन समाधान होइन भन्ने तथ्यप्रति सबै जानकार छन् । दीर्घकालीन रुपमा अहिले निर्माण भएको बसपार्कले धान्न सक्दैन । सानो क्षेत्रफल र शैक्षिक संस्थाको नजिकमा रहेको बसपार्कलाई उपयुक्त स्थान पनि होइन । सबै तथ्य फेला नपरे पनि हाल प्रयोगमा ल्याइएको बसपार्क गुरु योजनामा पार्किङ क्षेत्रको रुपमा बनाएको पाइन्छ । बजार क्षेत्रमा प्रवेश गर्ने यातायातका साधनको व्यवस्थापन गर्न सो स्थानलाई पार्किङ क्षेत्रको रुपमा विकास गर्ने गुरुयोजनामा समेटिनुले अस्थायी बसपार्कको रुपमा प्रयोगमा ल्याइएको मात्र रहेछ भन्ने पुष्टि हुन्छ । अहिलेकै बसपार्क सञ्चालन भनेको फेरि पनि अस्थायी हो । बढ्दो सवारी साधनको प्रयोग र यस क्षेत्रको मुख्य प्रवेशद्वार भएको कारण स्थायी बसपार्क आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशको पर्यटन विकास परिदृश्य

२४ पुष २०७६, बिहीबार ११:३७
रारा, सेफोक्सुण्डो, बुलबुले, कुपिण्डे, स्यार्पु, बराह, जाजुरालगायतका डोल्पा, मुगु र हुम्लाका हिमतालहरुमा पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । यसरी नै नदीलाई आधार बनाएर ट्रेकिङ गर्ने सम्भावनाहरु सल्यानको शारदा टे«किङ, बन्गाड ट्रेकिङ, कालागाउँ खोला ट्रेकिङ, रुकुमका सेतीगार, अर्मा खोला, खादिखोला, डोल्पाका जगदुल्ला–कालिका, अपरडोल्पा, रुलिगाड खोला, जाजरकोटका नलगाड, छेडा र होलु जिउलाहरु प्दयात्राका उर्वर फाँट, नदिकिनार र ट्रेल हुन सक्छन् ।

सम्बन्धित शीर्षक