दैलेखमा छाउगोठ ९३ भत्काइयो

कर्णालीपत्र संवाददाता २४ पुष २०७६, बिहीबार ११:०४

दैलेख। जिल्लाका विभिन्न स्थानीय तहमा छाउगोठ भत्काउने अभियान थालेको स्थानीय प्रशासन र प्रहरीले दुई दिनमा ९३ वटा छाउगोठ भत्काएको छ ।

जिल्लाको पश्चिमकमी क्षेत्रकमा व्याप्त छाउप्रथालाई निरुत्साहित गर्न सरकारले थालेको छाउगोठ भत्काउने अभियानअन्तर्गत आठबीस नगरपालिकाको राकम बजार, ठाटीकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका ठाउमा भएका ९३ बढी छाउगोठ भत्काइएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र क्षत्रीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्र आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी क्षत्रीसहितको संयुक्त टोलीले छाउगोठ राख्न नहुनेसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सोमबारदेखि उक्त गोठ भत्काउने अभियान थालेका थिए । अभियानअन्तर्गत अहिलेसम्म आठबीस नगरपालिकामा २०, चामुण्डाबिन्द्रासैनीमा ४६ र अन्य स्थानीय तहमा २७ गरेर दुई दिनमा ९३ वटा छाउगोठ भत्काइएकोे प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । उनका अनुसार छाउगोठ भत्काएपछि कतिपय महिला अहिले पनि गाई वा भँैसी गोठमै बस्ने गरेका भन्ने जानकारी प्राप्त भएकाले यसको पुनः अनुगमन गरेर समस्या समाधानका लागि पहल गर्ने योजना स्थानीय प्रशासनले बनाएको छ ।

घरका कुलदेवता मुख्य समस्या

कर्णाली प्रदेशका गाउँहरूमा विकराल समस्या बनेको छाउपडी प्रथाको मूल जरोका रुपमा घरका कुलदेवता रहेको र कुलदेवताले घरभित्र पस्न नदिने भन्ने प्रचलनका कारण डर मानेर अधिकांश महिलालाई असुरक्षित रुपमा छाउ बार्नुपर्ने बाध्यता छ । स्थानीय दीर्घराज अधिकारी भन्छन्, ‘सुरक्षित वा असुरक्षित रुपमा छाउ बार्नुपर्ने समस्या दैलेखमा मात्रै ८० प्रतिशतभन्दा बढी छ, हरेक वर्ष कुलपूजा गर्दा वा धामी बस्दा धामीले छुई नबारेकाले देउता रिसाएको भन्दै आरोप लगाउने प्रचलनले विगत सयौँ वर्षदेखि छाउ बार्ने चलन चल्दै आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

व्यवस्थित बसपार्कको खाँचो

२४ पुष २०७६, बिहीबार ११:०४
कुनै पनि व्यवस्थित शहरका लागि आवश्यक पर्ने बसपार्क महत्वपूर्ण पक्ष हो । आधुनिक र व्यवस्थित शहरको पहिचानको रुपमा बसपार्कलाई आधारभूत पक्ष मानिन्छ । सवारी साधनलाई नियमित रुटमा सञ्चालन गर्न, यात्रुलाई सहज सवारी साधनको पहुँचसम्म पुग्न बसपार्क आवश्यक हुन्छ । शहरको विकाससँगै व्यवस्थित बसपार्कको अवधारणा पनि आउँछ । प्रसंग वीरेन्द्रनगर बजारको […]