‘प्रतिकार गर्ने नीति छैन’

कर्णालीपत्र संवाददाता १९ पुष २०७६, शनिबार ११:२०

सुर्खेत । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी माओवादी (नेकपा विप्लव)ले सुरक्षा निकायले सञ्चालन गर्ने गतिविधिमाथि प्रतिकार गर्ने आफ्नो कुनै नीति नरहेको प्रष्टीकरण दिएको छ ।

गएको बुधबार सुर्खेतको पञ्चपुरी नगरपालिका–८ को दुलालथाईमा प्रहरीसँग आफ्नो दोहोरो मुटभेट भएको भन्ने खबरको खण्डन गर्दै विप्लव नेतृत्वको माओवादीका सुर्खेत इन्चार्ज धु्रवले वक्तव्य जारी गर्दै यस्तो स्पष्टीकरण दिएका हुन् । आफ्नो पार्टीका सुर्खेत जिल्ला कमिटी सदस्य बर्ज शाहीलाई उनको घरमै गएर सुरक्षाकर्मीले लखेटेपछि उनका घरका आफन्तले केही प्रतिकार गरेको दाबी गरेका शाहीले विज्ञप्तीमा भनेका छन्, ‘सुरक्षाकर्मीले शाहीमाथि हातपात गरेर जंगलमा लिएपछि उनलाई बचाउन उनका घरपरिवार गएका हुन् ।’

घरपरिवारले शाहीलाई सुरक्षाकर्मीबाट घर लिन खोज्ने तर सुरक्षाकर्मीले आफूतर्फ लिन खोज्दा भएको मुटभेटमा सुरक्षाकर्मी आफैले केही राउण्ड हवाई फायर गरेको आरोपलगायका सुर्खेत इन्चार्ज धु्रवले सुरक्षा निकायले आफ्नो नाममा गलत प्रचार गरेकामा दुःख व्यक्त गरे । सुरक्षा कर्मीको कुटाईबाट घाइते भएका आफ्नो पार्टीका सुर्खेत जिल्ला सदस्य शाहीका श्रीमती बिनिता शाही र छोरा कमल शाहीलाई बाबियाचौर इलाका प्रहरी कार्यालयमा राखेको जनाएको विप्लव समूहले बिनाशर्त छोड्न मागसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव बेचबिखन जटिल बन्दै, ८६९ महिला हराएको निवेदन

१९ पुष २०७६, शनिबार ११:२०
बाँके । नेपाली सभ्य समाजका लागि मानव बेचबिखन एउटा कलङ्क र अभिशाप बन्दै गएको छ । नेपाली समाजमा मानव बेचबिखन घट्नुको साटो पछिल्लो समय बढ्दै गएपछि सामाजिक व्यवस्थामाथि नै प्रश्न चिह्न खडा भएको छ भने सरोकारवाला निकायलाई यसले ठूलो चुनौती थपिदिएको छ । नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा गत एक […]